News Category 2076/05/22
लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई
राजविराज÷ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले ८० प्रतिशत अपराधिक घटना लागू औषधकै कारण हुने गरेकोे बताएका छन् ।
नयाँ प्रहरी प्रमुख भएर आएको चौथो दिन शनिवार प्रसाईले संचारकर्मीहरुसंग भेटघाट कार्यक्रको आयोजना गरि लागूऔषध नियन्त्रण र कुलत विरुद्ध सिमानाका क्षेत्रमा कडा निगरानी र सचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना रहेको बताए ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विभिन्न अपराधिक घटनामा संलग्न भई फरार रहेका विषयमा ईमान्दारीका साथ पहल गर्ने प्रतिबद्धता उनले जनाए । उनले आप्mनो कार्यकालमा शान्ति सुरक्षा सुदृढ बनाउनुका साथै विभिन्न अपराधका घटनामा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई यथाशक्य कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
खुल्ला सिमाका कारण हुने गरेका लागू औषध, सेबन र कारोबार तथा तस्करी लगायतका कार्य रोक्न आफनो क्षमताको भरपूर प्रयोग गर्ने उनको भनाई छ ।
यस अघि प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही र सिरहामा काम गरेको अनुभव बटुलेका उनले आप्mनो अनुभवको उच्चतम प्रयोग गरि जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए ।
उनले कसैको दबाब र प्रभावमा नपरी प्रहरी ऐन र कानुन बमोजिम काम गर्ने उद्घोष गर्दै प्रहरी भित्रमा पनि केही शुद्धिकरण गर्नुपरे सयममै जानकारी तथा सुझाव दिन संचारकर्मीहरुसँग आग्रह गरे । पत्रकार र प्रहरीको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै उनले पत्रकारहरुललाई सहज रुपमा सूचना प्रदान गर्ने सँगै नागरिकको सुरक्षाका लागि पुरै प्रहरी टिम प्रतिबद्ध रहने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ