News Category 2076/05/22
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो, दुई हजार तीन सय छात्रालाई साइकल बितरण
राजविराज÷छोरीहरुलाई पढाईमा प्रोत्साहन गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान चलाएर साइकल बितरण सुरुवात गरेपछि अहिले सप्तरीका विद्यालयहरुमा छात्राहरुको संख्या बढेको छ ।
छोरीलाई कमै विद्यालय पठाउने प्रदेश २ मा विद्यालय जान प्रोत्साहनका लागि प्रदेश सरकारले मुख्यमन्त्री “बेटी बचाऊ, बेटी पढाऔं” अभियानका लागि २० करोड बिनियोजन गरेपछि अहिले सो रकमबाट साईकल खरीद गरि धमाधम छात्राहरुलाई बितरण गर्न थालिएको छ ।
सप्तरीमा अहिलेसम्ममा विभिन्न विद्यालयमा गरि झण्डै २ हजार ३ सय छात्रालाई साइकल बितरण गरिसकिएको शिक्षा विकाश तथा समन्वय ईकाई कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यसैबीच शनिबार पनि यस अभियानलाई निरन्तरता दिँदै राजविराजस्थित केशो अनिरुद्धबत्ति माध्यमिक विद्यालयका ५२ जना छात्रालाई प्रदेश सभा सदस्य एवं राजपाका महासचिव मनिष कुमार सुमनले साइकल बितरण गरेका छन् ।
“बेटी बचाऊ, बेटी पढाऔं, बेटीलाई स्वाबलम्बन बनाऔं” भन्ने मूल नारा तथा छोरीलाई विद्यालय पठाउन अनुरोधसहित सुरु गरिएको साइकल बितरण कार्यक्रममा अभिभावकहरुको पनि उल्लेख्नीय सहभागिता रहेको थियो ।
साइकल बितरण गर्दै प्रदेशसभा सदस्य सुमनले तराईका जिल्लामा छोरीलाई हेला गर्ने, बालबिबाह गरिदिने, छोरीलाई विद्यालय नपठाउने जस्ता प्रथा कायमै रहेकाले यसको न्युनिकरणका लागि प्रदेश सरकारले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान ल्याएको बताउँदै यसमा सबै अभिभावकको साथ र सहयोग आवश्यक रहेको जनाए ।
छोरीलाई शिक्षित र समाजमा उचित सम्मान दिन प्रोत्साहन स्वरुप साइकल प्रदान गरिएको बताउँदै उनले पहिलादेखी नै महिलालाई दबाउन कमजोरको उपमा दिइएकाले अब त्यो परम्परालाई तोड्न महिलाहरु शिक्षित भएर हरेक क्षेत्रमा अगाडी बढ्न शिक्षित हुन आवश्यक रहेकोमा जोड दिए ।
यस्तै केशो अनिरुद्धवत्ति माविकी सहप्रधानाध्यापक निलम मिश्राले विद्यालयहरुमा छोरीको संख्या घटदै गइरहेका बेला प्रदेश सरकारको अभियानले छोरीहरुको विद्यालयतर्फ आकर्षण एक्कासी बढेको बताइन् ।
उनले अभियानकै कारण अहिले विद्यालयमा भर्ना हुन आउने छोरीको संख्या ह््वातै बढेको र नयाँ भर्ना हुनेको संख्या मात्र नबढेर पहिलादेखी अध्ययनरत बालिकाहरु पनि अहिले नियमित विद्यालय आउन थालेको बताइन् ।
यता साइकल पाएपछि छात्राहरु पनि निकै उत्साहित देखिएका छन् । सोही माविको कक्षा ८ मा अध्ययनरत छात्रा मनिषाकुमारी खंगले साइकल पाएपछि नियमित विद्यालय जान हाँैसला मिलेको बताइन् । अर्का छात्रा गजाला प्रविणले घरबाट विद्यालय टाढा पर्ने तथा अभिभावकको ज्यालाले दश हजार खर्चेर साइकल खरीद गर्न असमर्थ रहेका बेला निशुल्क रुपमा साइकल पाउँदा निकै खुशी लागेको बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ