News Category 2076/05/22
तालाबन्दीका कारण खेलकुदका कर्मचारी र प्रशिक्षकले बिराटनगरबाट तलब लिन बाध्य
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीको मुख्य द्वारमा केही पदाधिकारीद्वारा लगाइएको तलाबन्दीका कारण कर्मचारीहरु तलब लिन बिराटनगर पुग्ने गरेका छन् ।
गत जेठ ७ गते लगाइएको ताला आइतवार साढे ३ महिना पुगेको छ । यस अवधिमा समितिद्वारा हुने खेलकुद गतिविधि र दैनिकी कामकाज ठप्प हुनुका साथै पुर्वाधार निर्माणका लागी आएको २० लाख भन्दा बढीको बजेट पनि फ्रिज समेत भएको छ ।
लामो समयदेखि तालाबन्दी कायमै रहँदा समितिका कर्मचारी तथा प्रशिक्षकहरु प्रदेश १ को राजधानी विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको कार्यालयमा पुगी तलब लिन जान बाध्य भएका छन् ।
सप्तरीमा काम गर्ने अनि तलब लिने महिने पिच्छे मोरङको विराटनगर जानु पर्ने बाध्यता आएकोले लाजमर्दो कुरा भएको प्रशिक्षकहरुको भनाई छ । मुल गेटमै तालाबन्दी गरिएका कारण समितिको कम्पाउण्डभित्र रहेको कर्भडहलमा अभ्यास गर्न छिर्न खेलाडी र प्रशिक्षकहरु पर्खाल तानेर भित्र जान बाध्य भएका छन् ।
यति मात्र नभएर समितिमा तालाबन्दीका कारण अन्यत्रका जिल्लामा हुने विभिन्न लेखकुद प्रतियोगितामा सहभागी हुन खेलाडीहरु स्थानिय बजार र विभिन्न संघ संस्थामा चन्दा उठाउन बाध्य छन् । तर, दुर्भाग्य गत ७ जेठ देखि लगाईएको ताला खोल्ने÷खोलाउने तर्फ हाल सम्म कुनै साकारात्मक पहल हुन सकेको छैन । जसकारण खेलाडी, लेखप्रेमी र नागरिक सामाज सवै निरास र आक्रोसित भएका छन् ।
समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा बहुमत पदाधिकारी मिलेर समितिको मुल गेटमै तालाबन्दी गरेका हुन । समितिको बैठकमा बहुमत पदाधिकारीद्वारा गरिने निर्णय कार्यान्वयन हु्नुपर्ने, २०७१÷०७२ देखि सार्वजनिक नगरिएको आय व्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता प्रमुख र कोषाध्यक्षको संयुक्त नामबाट संचालन हुनुपर्ने लगायतका माग राखि गत ७ जेठमा तालाबन्दी गरिएको थियो ।
समितिका सबै पदाधिकारी सत्तापक्षिय नेकपा पार्टी सँग आवद्घ छन । तर, एउटै पार्टीका भएपनि दुई गुटमा बिभाजित भएपछि विवाद सँगै तालाबन्दी पनि लम्बीदै गएको र खेलकुद क्षेत्रलाई ठुलो घाटा भईरहेको भन्दै स्थानिय खेलाडी, खेलप्रेमी तथा नागरिक समाजले अबिलम्भ समस्याको सामाधन खोजी तालाबन्दी खोलाउनु पर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ