News Category 2076/05/22
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
.jpg)
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
राजविराज वडा नं. ९ मलेठ स्थित एक बालकको घाँटीमा अडकिएको एक रुँपैयाको सिक्का सफलतापूर्वक शल्यक्रिया बिनै चिकित्सकहरुले निकालेका छन् ।
अढाई वर्षिय मो. सलमानले घरमा खेल्दै गर्दा एक रुँपैयाको सिक्का निलेका थिए । घाँटीको भित्री नलीमा सिक्का अडकिएर गम्भिर अवस्थामा उपचारका लागि उनलाई परिवारजनले स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएका थिए ।
अस्पतालका चिकित्सकहरुले शल्यक्रिया बिनै सफल उपचार गरी सिक्का निकालेर बालकको ज्यान जोगाएका छन् ।
रिजिड अशोथेगोस्कोपी (मुखबाट पाइप छिराएर) प्रविधिको मद्दतबाट दुई घण्टाको प्रयासपछि बालक सलमानको घाँटीमा अडकिएको एक रुँपैयाको सिक्का निकाल्न सफल भएको उपचारमा संलग्न नाक, कान, घाँटी रोग विशेषज्ञ डा. महेश पोखरेल तथा एनेस्थेशियोलोजिस्ट डा. पारसमणी साहले जानकारी दिएका छन् ।
चिकित्सकहरुले भिडियो एक्सरे गर्दा बालकको घाँटीको भित्री नलीमा धातु अडकिएको देखिएपछि सो प्रविधीबाट दुई घण्टाको प्रयासपछि शल्यक्रिया बिना नै सफलता हात पारे ।
घाँटीमा यसरी अडकिएको सिक्का समयमै निकाल्न नसकेको भए बालकको ज्यान जाने सम्म खतरा रहेको तर, समयमै बालकलाई अस्पतालसम्म ल्याइएकाले सफल उपचार भएको चिकित्सकहरुको भनाई छ । यता स–साना बालबालिका खेल्दै गर्दा अभिभावकले निगरानी गर्नुपर्ने सुझाव समेत चिकित्सकहरुले दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ