News Category 2076/05/26
रगतको अभाव भएपछि साटासाट प्रणाली लागु

दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
राजविराजस्थित गजेन्द्र नरायण सिंह अस्पताल हाताभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभाव भएको छ ।
गर्मीसँगै विभिन्न रोगको संक्रमणले पीडित भई बिरामीको संख्या बढ्दै जाँदा रक्तसंचार केन्द्रमा रगतको अभाव भएपछि बिरामीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्रमा अहिले रगतको अभाव भएपछि साटासाट प्रणाली लागु गरिएको छ । रगत अभाव रोक्न साटा साटको बाध्यता रहेको केन्द्रले जनाएको छ ।
केन्द्र इन्चार्ज नवीनकुमार झाका अनुसार रक्तदाताहरु अहिले कम हुँदै गएकाले रगत लिन आउने बिरामीका आफन्तको रगत लिएर सोही परिमाणमा बिरामीलाई चाहिने समूहको रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव तथा विशेष अवसरमा मात्र रक्तदान गर्ने तर, बाह्ै महिना रगतको माग हुने गरेका कारण समस्या हुने गरेको उनले बताए ।
दैनिक ५÷६ युनिट रगतको माग रहेपनि सो परिमाणमा रगत संकलन हुन नसक्दा समस्या हुने गरेको इन्चार्ज झाले सुनाए । बिरामीको चाप बढ्दै गएपछि रगतको अभाव हुँदा अस्पताल भर्ना भएका कतिपय बिरामीको आफन्त रगत खोज्दै विभिन्न संघसंस्था र व्यक्तिदेखी प्रहरी र सेनासम्म पुग्ने गरेका छन् ।
यता एक महिना यता रगत खोज्दै पुगेका आधा दर्जन भन्दा बढी बिरामीका आफन्तलाई भिम दल गणका सेनाले रगत उपलब्ध गराएर ज्यान जोगाएको गणका प्रमुख सेनानी गुप्त बत्रहादुर कुँवरले बताए ।
रक्तदानमा यूवाहरुको सहभागिता उल्लेखीय संख्यामा रहने गरेकोमा अधिकांश यूवाहरु बैदेशीक रोजगारका लागि विदेश पलायन हुने गरेकाले पनि रक्तदान गर्नेहरुको संख्यामा कमी आएको गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको भनाई छ ।
एक सरकारी अस्पताल तथा एक दर्जनको संख्यामा निजि अस्पताल र क्लिनिकहरु रहेको राजविराजमा सबै ठाउँबाट प्राय जसो रगतको माग भइरहन्छ । तर, संकलन थोरै हुने गरेकाले उत्पन्न समस्या समाधान गर्न सबै मिलेर रक्तदान कार्यक्रमलाई निरन्तरता र प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ