News Category 2076/05/26

आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो

दैनिक समाचारदाता

आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो

दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
    राजविराज नगरपालिका वडा नं. ७ स्थित एक घरमा बिहीबार आगलागी हुदा नगद ६६ हजार २ सय नगद जल्नुका साथै लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनी निवासी सुरेश यादवको राजविराज ७ स्थित घरमा आगलागि हुदा नगदसहित करिब पाँच लाख मुल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् । 
    यस्तै सोही घरमा डेरा लिएर बस्दै आएका कैलालीको नारायणपुर गाउपालिका वडा न. ७ का सोवन परियारको समेत नगद र विभिन्न सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    परियारको कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी हुँदा कोठामा भएको लत्ताकपडा र नगद एक हजारको ४१ थान, पाँच सयको नोट ४० थान, एक सयको नोट ४४ थान र ५० को नोट १६ थान गरि ६६ हजार २ सय जलेको प्रहरीले जनाएको छ । 
    यता आगोमा कुनै मानविय क्षति नभएको तथा स्थानियबासी र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट