News Category 2076/05/26
सधै घुँइचो लाग्ने शिक्षा कार्यालय अहिले सुनसान
चन्दन कुमार यादव
राजविराज, २६ भदौ ।
कुनै समयमा शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी दिने र शिक्षकहरुको घुँइचो लाग्ने तत्कालिन जिल्ला शिक्षा कार्यालय सप्तरी अहिले सुनसान रहने गरेको छ ।
मुलुक संघीयतामा गएदेखी शिक्षा सम्बन्धी सम्पूर्ण कार्य र गतिविधी स्थानिय तहमै केन्द्रित भएपछि अहिले सो कार्यालय सुनसान देखिन्छ ।
साबिकको शिक्षा कार्यालयको नाम समेत अहिले परिवर्तन भएर शिक्षा बिकास समन्वय ईकाई कार्यालयको रूपमा रहेको छ । यो कार्यालयमा अहिले समनवय ईकाईका प्रमुख तथा केही कर्मचारी मात्र रहेका छन् । यसको काम कर्तव्य अहिले गौन रहेको छ ।
मुलुकमा दिन तहको सरकार आएको र संबिधानले स्थानिय सरकारलाई माध्यमिक तह सम्मको सुनिश्चित गर्ने अधिकार दिएकोले कार्यालयको चहलपहल नदेखिएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख फरिन्द्र खत्रीले बताए ।
स्थानिय तह संचालन ऐनमा शिक्षा सँग सम्बन्धी २३ वटा बुँदामा आधारित रहेर स्थानिय तहलाई कार्यसम्पादन गर्ने अख्तियारी दिएको खत्रीले बताए ।
तत्कालिन शिक्षा कार्यालयवाट हुँदै आएको २३ किसिमको सेवा अहिले स्थानिय तहलाई अधिकार दिएपछि कार्यालयमा सेवाग्राहीको चहलपहल घटेको प्रमुख खत्रीले जानकारी दिए । यद्दपी कार्यालयमा चहलपहल घटेपनि काम भने नघटेको उनको भनाई छ ।
बिगत झै कार्यालयमा परीक्षा र शिक्षा सेवा आयोगसँग सम्बन्धी क्रियाकलाप गर्ने, अभिलेख प्रमाणीकरण, शिक्षक नियुक्ती, शिक्षक सरूवा तथा शिक्षक सँग सम्बन्धी जस्ता काम, शिक्षा बिकास तथा समन्वय ईकाई गरिरहेको बताए ।
शिक्षा बिकास तथा समन्वय ईकाईको कार्य क्षेत्र कमि नभएपनि अहिले परिवर्तित अबस्थामा जनशक्तीको यथोचित नहुनु तथा श्रोत र साधनको ब्यबस्थापन हुन नसक्नुले केही समस्या उत्पन्न भएको खत्रीले जनाए ।
यता जिल्लाको राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, बिष्णुपुर गाउपालिका बाहेकका पालीकामा कर्मचारीको अभाव रहेको शाखा अधिकृत भवानी कटेलले जानकारी दिए ।
बाकि रहेका १३ वटा पालीकाहरूमा शिक्षा बिकास तथा समन्वय ईकाईले सहयोग गरिरहेको अबस्था छ, कर्मचारी पठाईएपनि ब्यक्तीको हाजरी हुन नसक्नु र केहीले सरूवा अन्यन्त्र गर्न खोजेको कारण समस्या आएको बताए ।
गत आर्थिक बर्षमा शिक्षा सम्बन्धी कार्यक्रम नआएकोले कार्यालयमा सेवाग्राहीको चहलपहल घटेको उनले बताउदै भने तर, चालू आर्थिक बर्षमा शिक्षा सम्बन्धी कार्यक्रममा सुधार आएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ