News Category 2076/05/27
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले समुदायलाई सबल र समृद्व बनाउन बालवालिकाहरूको प्रारम्भिक कक्षामा लगानी लगाउनुपर्नेमा जोड दिएका छन ।
शुक्रवार राजबिराजमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख यादबले कक्षा १ देखि ३ सम्मका प्रारम्भिक कक्षामा अभिभावक र शिक्षकले शिक्षण सिकाई प्रक्रियामा एकजुट भएर अगाडी बढेमा बालबालिकाहरु भविष्यमा सफल र सवल ब्यक्ती बन्ने बिश्वास ब्यक्त गरे ।
घरमा हरेक दिन कम्तिमा १० मिनेट भएपनि अभिभावकले बालबालिकालाई पढाउन आग्रह गर्दैै छोराछोरीप्रति सम्मान व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
सोही अवसरमा सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएपछि सप्तरीमा ६७ प्रतिशत उपलब्धी प्रारम्भिक कक्षाको पढाई शिक्षण माध्यममा सुधार भएको दाबी गरे ।
यसैगरी कन्छुनर प्रताप मावि नकटीरायपुरका प्रअ परशुराम चौधरीले शिक्षक, अभिभावक र सरोकारवाला निकायले बिद्यालयमा नियमित अनुगमन, मुल्याकंन गरे मात्र प्रारम्भिक कक्षा पढाईको सुधारसँगै परिवार र समुदायको सहभागितामा बृद्वि हुने बताए ।
यसैगरी एनईजिआरपी सप्तरी संयोजक प्रमोद महतले सबै स्थानिय तहमा राष्ट्रिय प्रारम्भिक कक्षा पठाई कार्यक्रमले नेपाली भाषाको सिकाईमा ७० प्रतिशत उपलब्धी भएको बताउदै शिक्षण सिकाई सामग्रीले बिद्याथीलाई ठूलो आकर्षण बढाएको बताए ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको सहयोगमा संचालित राष्ट्रिय प्रारम्भिक कक्षा पठाई कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय नेतृत्व बिकास तथा पैरबी कार्यक्रममा डाक्नेश्वरी नगर प्रमुख शिबनारायण साह, छिन्मस्ता गापा अध्यक्ष सुर्य नारायण मण्डल, बिष्णुपुर गाउपालिका अध्यक्ष लिलाम्वर यादब, एनआईजिआरपीका क्षेत्रिय संयोजक संजय गुप्ता, रूपनी गाउपालिका उपाध्यक्ष बेचनी सरदार, तिलाठी कोईलाडी गापा उपाध्यक्ष सुरिता यादब, शिक्षा बिकास तथा समन्वय ईकाई निमित्त प्रमुख भवानी कटेल, विभिन्न स्थानिय निकायका प्रशासकिय प्रमुख, शिक्षा संयोजक, बिद्यालय ब्यबस्थापन समिति, प्रअलगायत शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ