News Category 2076/05/27
दुर्घटनामा तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित छुट्टाछुट्टै सडकखण्डमा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कंचनपुर फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ ।
फत्तेपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बा.९१प. १७३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेमा कंचनरुप नगरपालिका ११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् गम्घिर घाइते भएका दुबैलाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याईए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि कंचनरुप नगरपालिका ७ आदर्शटोलस्थित फत्तेपुर कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुर तर्फ आउदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
ना.१क. ७९८३ नम्बरको टिपरले सोहि दिशाबाट आउदै गरेको साईकलयात्री राजबिराज १० दिघवा निवासी २० वर्षिय मनोज रामलाई ठक्कर दिएको हो ।
ठक्कर पश्चात् रामको दुबै खुट्टाको तिघ्रा भाच्चिर घाईते भएपछि उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ