News Category 2076/05/27
दुर्घटनामा तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित छुट्टाछुट्टै सडकखण्डमा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कंचनपुर फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ ।
फत्तेपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बा.९१प. १७३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेमा कंचनरुप नगरपालिका ११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् गम्घिर घाइते भएका दुबैलाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याईए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि कंचनरुप नगरपालिका ७ आदर्शटोलस्थित फत्तेपुर कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुर तर्फ आउदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
ना.१क. ७९८३ नम्बरको टिपरले सोहि दिशाबाट आउदै गरेको साईकलयात्री राजबिराज १० दिघवा निवासी २० वर्षिय मनोज रामलाई ठक्कर दिएको हो ।
ठक्कर पश्चात् रामको दुबै खुट्टाको तिघ्रा भाच्चिर घाईते भएपछि उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ