News Category 2076/05/30
बाल दिवसमा बालबालिकाद्वारा विरोध प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
बाल दिवसको अवसरमा राजविराज नगरपालिकाले कुनै औपचारिक कार्यक्रम नगरेको भन्दै बालबालिकाहरुले आइतबार राजविराजमा बिरोध प्रदर्शन गर्नुका साथै राजविराज नगर प्रमुखलाई ज्ञापनपत्रसहित पाँच रुँपैयाको सहयोग प्रदान गरेको छ ।
बाल दिवसको अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी बाल मनाईरहँदा राजविराज नगरपालिकाले सो दिवसप्रति कुनै चासो नदिएकोले बालबालिकाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
यता नगरपालिकाले आफूले कुनै कार्यक्रम नगरेको तथा बालबालिकाका लागि बजेट नदिएको भन्दै ¥यालीसहित नारावाजी गर्दै विरोध नगरपालिका प्राङ्गणमा प्रदर्शन गरेका छन् ।
स्थानिय शिव मन्दिरको प्राङ्गनबाट जिल्ला बाल संजाल, नगर स्तरिय बाल संजाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपाल लगायत संस्थाको संयुक्त अगुवाईमा निकालिएको बालबालिकाको जुलुस नगरपालिका विरुद्घ चर्को नारावाजी गर्दै नगरपालिकाको कार्यालयमा पुगी नगरप्रमुख शम्भु यादवलाई ज्ञापन पत्रसहित पाँच रुपैया सहयोग समेत बुझाए ।
बालदिवस मनाउन नगरपालिकाले कुनै बजेट नछुटयाएकाले विरोध स्वरुप ५ रुपैया सहयोग गरेको बाल अधिकारको लागि राष्ट्रिय अभियान नेपाल सप्तरीका सह संयोजक सौरभ यादवले जानकारी दिए ।
यस्तै उनले डेंगु रोग पनि अहिले भयावह रुपमा फैलिएपनि नगरपालिकाले नियन्त्रणका लागि पनि खासै पहल नगरेको आरोप लगाए । त्यस्तै बाल अधिकारको संरक्षण गर्न नगरपालिकासँग बजेट नभएकाले बालबालिकाबाट संकलित ५ रुपैया सहयोग गरेको उनको भनाई छ ।
जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष बरदान श्रेष्ठले राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाउन नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएको गुनासो पोखे । उनले नगरपालिकाका सामाजिक विकास अधिकृत एवं सूचना अधिकारी मनोज यादवलाई पटक पटक गुहारेपनि बजेट नभएको भन्दै पन्छिने गरेको सुनाए ।
नगर प्रमुख यादवले राष्ट्रिय बाल दिवस मनाउन सहयोगका लागी बाल संजाल तथा बाल क्लवहरु आएको विषय बारे आफुलाई कुनै जानकारी नभएको बताउँदै यस बारे सूचना अधिकारी यादवसँग जानकारी लिने बताए ।
उनले अगामी दिनमा राष्ट्रिय बालदिवस भव्य रुपमा मनाउन बालबालिकाले आवश्यक बजेट छुट्याउने प्रतिबद्घता पनि व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ