News Category 2076/06/02
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
संविधान दिवसको अवसरमा देशभर तीन दिवसीय कार्यक्रम गरी मनाईरहदा प्रदेश २ का सत्तारुढ दल राजपा नेपालले संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै कालो दिवसको रुपमा मनाउँदै छ ।
राजपा नेपाल केन्द्रिय समितिको निर्देशनमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउनुका साथै ब्ल्याक आउटसहितको कार्यक्रमहरु तय गरिएको छ ।
यसै क्रममा तीन दिने संविधान दिवस मनाउने क्रममा विहिबार राजपाले सप्तरीका प्रमुख बजारमा कालो झण्डा सहित प्रदर्शन, मोटरसाईकल ¥याली तथा विरोध प्रदर्शन गरेको छ ।
राजविराजमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको नेतृत्वमा कालो झण्डा सहित विरोध प्रदर्शन र सभा गरिएको छ । विरोध सभालाई सम्बोधन गर्दै मन्त्रीसाहले आफुहरु प्रदेशको सत्तामा रहेपनि संविधान संशोधन नभएसम्म आन्दोलनमै रहने उदघोष गर्दै संविधान संशोधन भएमात्र आफुहरु संविधान दिवस मनाउने उनको भनाई छ ।
यता नगरमा कालो झण्डा र मोटरसाईकल ¥यालीसहित विरोध प्रदर्शन भईरहँदा राजापका कार्यकर्ताहरुले करिब आधा दर्जन सरकारी कार्यालयमा कालो झण्डा समेत झुण्डाएका छन् । राजपाका कार्यकर्ताहरुले मालपोत, विद्युत प्राधिकरण, नापी शाखा लगायतका आधा दर्जन कार्यालयमा कालो झण्डा झुण्डाएका थिए ।
यद्दपी कालो झण्डा झुण्ड्याएको केही समय पश्चात् प्रदर्शनकारीहरु गएपछि उक्त कार्यालयहरुमा राखिएको कालो झण्डा कर्मचारीहरुले हटाएका छन् ।
प्रदर्शनका क्रममा राजपा कार्यकर्ताहरुले सवै सरकारी कार्यालयहरुलाई संविधान दिवसमा दिपावली नगर्न र कालो झण्डा लगाउन आग्रह गर्दै हिडेका थिए ।
प्रदर्शनपछि राजपा नेपाल सप्तरीका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा स्थानिय गजेन्द्र चौकमा आयोजित विरोध सभामा राजपाका सहमहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह लगायतले पनि बोल्दै संविधान संशोधन गरी मधेशका जायज माग सम्बोधन गरिए सम्म संविधान घोषणा भएको दिन असोज ३ लाई कालो दिवसकै रुपमा मनाई रहने उदघोष गरेका थिए ।
यसैबीच असोज २ र ३ गते प्रचारप्रसारको लागि म्याकिंग गर्ने, २ गते बिहान ७ बजे गजेन्द्र चौकमा कालो झण्डा प्रदर्शन गर्ने, ३ गते बिहान ७ बजे सरकारी कार्यालय र चौक चौकमा कालो झण्डा गाडने र प्रदर्शन गर्ने निर्णय गर्ने राजपाका युवा नेता दिनेश कुमार यादबले जानकारी गराएका छन ।
त्यस्तै सोही दिन साढे ११ बजेदेखी कालो झण्डासहित मोटरसाईकल ¥याली र दिउसो ३ बजे जनआन्दोलन चौकमा बिरोध सभा गर्ने कार्यक्रम रहेको अध्यक्षमण्डल सदस्य सुनिल कुमार झाले जानकारी दिए ।
सो बिरोधका कार्यक्रमका लागि राजपाले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा कार्यक्रमका लागि जिम्मेवारी तोकेको छ । क्षेत्र नम्वर १ मा शैलेश कुमार साह, क्षेत्र नम्वर २ मा सतिशकुमार सिंह, ३ मा शिवनारायण साह र ४ मा मृगेन्द्रकुमार सिंहलाई संयोजकको जिम्मा दिएको छ ।
यता नवगठित समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार यादवले संविधान दिवसको अवसरमा हुने औपचारिक तथा विरोधका दुवै कार्यक्रममा आप्mनो पार्टीको सहभागीता नरहने स्पष्ट पारेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ