News Category 2076/06/05
सडकदेखी सरसफाई, पशुचौपाया लगायतका विषयमा गुनासै गुनासो
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
जिल्ला प्रहरी कार्यालय समुदायिक सेवा केन्द्र तथा राजविराज नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रमका सहभागीहरुले जिल्लाको विकासदेखी सडक, नाला, ढल, बत्ति, सरसफाई, पशुचौपायालगायतका विषयमा गुनासै गुनासो पाखेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा वक्ताहरुले अस्तव्यस्त सडक, छाडा पशु चौपाया र बहुला कुकुरको विगविगी, बजारमा मनपरी मुल्य, विभिन्न कार्यालयमा देखिएको ढिला सुस्ती र भ्रष्टाचार, राजविराज कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले उत्पन्न समस्या, युवाहरुमा घरेलु मदिरा र लागू औषध प्रति बढदो मोह, डेंगु नियन्त्रण र सरसफाई लगायतका विषयप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागी अबिलम्ब पहल गर्नुपर्ने धारणा राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्लामा सरोकारवालाको परामर्श र सुझावका आधारमा आगामी योजना बनाउने उद्देश्यले गरिएको कार्यक्रमा प्राप्त गुनासा र सुझावले धेरै सहयोग मिल्ने बताउँदै गुनासाहरुसँगै आएका निकै महत्वपूर्ण सुझावहरुलाई डायरीमा लेख्ने काम मात्र नभएर कार्यान्वयन समेत गरिने प्रतिबद्धता जनाए ।
उनले कर्मचारी अभावका कारण राजबिराजसहित जिल्लाका अन्य ठाउहरूमा बजार अनुगमन प्रभावकारी बनाउन नसकेकोले स्थानिय तहले नै अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले लागू औषध नियन्त्रण गर्न प्रहरी एक्लैले सम्भव नभएकोले सबैको सहयोग आवश्यक रहेको बताएका छन । उनले सबै स्थानिय तहले लागुऔषध नियन्त्रणलगायत अपराधका घटनाको न्युनिकरणका लागि सक्रियता देखाउनुपर्नेमा बताए ।
त्यस्तै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जिल्लाको शान्ति सुरक्षाको सवाल प्रहरीको आचरणको सुधारसँगै प्रहरीमा देखिएको आन्तरिक शुद्विकरण हनुपर्नेमा जोड दिएका छन । प्रहरीले पीडित मैत्री र प्रहरी ब्यवसायिकतातर्फ उन्मुखसँगै ब्यवहारमा अभिबृद्वि लगाउनु जरूरी रहेको बताए ।
सप्तरीमा झुठा मुद्दा बढी आउने गरेकाले त्यस्ता मुद्दा ल्याउनेसँग गहिराईमा पुगेर त्यसको भाव, आसय बुझेर मात्र प्रक्रिया अघि बढाउने उनले प्रतिबद्धता जनाए । अबैध मदिरा, लागुऔषधका कारण, धैरै अपराध हुने गरेको बताउदै प्रहरी प्रमुख प्रसाईले लागू औषध नियन्त्रणका लागि समुदाय र अभिभावक गम्भीर हुनुपर्ने बताए ।
राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादबले नगरमा लागुऔषधमा नियन्त्रण गर्न आफु हरसम्भव तयार रहेको बताउँदै लागुऔषध न्युनिकरण गर्न जनचेतना फैलाउनुपर्ने जिकिर गरे । उनले नगरको सरसफाईका लागि नगरपालिका प्रतिबद्ध रहेकोले आमनगरवासीले जथाभाबी फोहर नगरी डस्टविनमा फोहोर फाल्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, नागरिक संजालका अध्यक्ष सुखराम यादव, ज्येष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, महिला नेतृ सुनिता साह, राजनीतिककर्मी बिनोद माझी लगायत दुई दर्जन बढी सहभागीले विभिन्न बेथितिहरुको उठान गर्दै अभिलम्ब सामाधान र नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ