News Category 2076/06/06

बाल र बहुविवाहका आरोपीलाई कैद र जरिवाना 

दैनिक समाचारदाता

बाल र बहुविवाहका आरोपीलाई कैद र जरिवाना 

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    एक १४ वर्षिया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले कैद र जरिवानाको फैसला गरेको छ । 
    उच्च अदालत जनकपुर राजविराज इजलासले डाक्नेश्वरी नगरपालिका ३ निवासी ४१ वर्षिय हुलास प्रसाद साहलाई बाल विवाह र बहु विवाहको आरोपमा एक वर्ष कैद र १५ हजार जरिवानाको फैसला गरेको हो ।
    जनकपुरको बिणादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका साहले २०७२ साल जेठ १५ गते सप्तरीको कंचनरुप नगरपालिका ६ की १४ वर्षिया बालिकासँग दोश्रो विवाह गरेका थिए । 
    जेठी श्रीमतीसँग दुई वटा छोरी मात्र भएको र छोरा नभएको तर्क दिँदै आरोपित साहले बालिकासँग दोश्रो विवाह गरेका थिए । 
    विवाहित हुँदा हुदै नाबालिकसँग अर्को विवाह गरेको भन्दै इन्सेक प्रतिनिधी मनोहर पोखरेलको अगुवाईमा मानव अधिकारकर्मीसहितको टोलीले प्रहरीमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरि प्रहरीले बाल विवाह तथा बहुविवाह मुद्दा अन्तरगत कारवाही प्रक्रिया अगाडी बढाउँदै साहलाई अदालतमा उपस्थित गराएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट