News Category 2076/06/06
एमबिबिएस परिक्षामा सप्तरीका पाँच जना टप २५ मा पर्न सफल
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
इन्स्च्यिुट अफ मेडिसिन काठमाडौं महाराजगंजद्वारा एमबिबिएस परिक्षामा राजविराज ३ निवासी अभिजित माझीसहित सप्तरीका ५ जना टप २५ मा पर्न सफल भएका छन् ।
असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् ।
रोल नं. ५६१७ रहेको माझीले एमबिबिएसको परिक्षामा ८९ प्रतिशत अंक ल्याई फुल स्कलरसीप (पूर्ण छात्रवृती) मा नाम निकाल्न सफल भएका हुन् । नर्सरीदेखी नै दुर्गा बोर्डिङ स्कुलमा पढेका उनी कक्षा १० सम्म सधै नै प्रथम भएको सो विद्यालयले जनाएको छ । उनको सफलताले माझी परिवारजनसहित उनी अध्ययन गरेको विद्यालय र कलेज परिवारका साथै स्थानियले पनि खुशी व्यक्त गरेका छन् ।
उनले सफलताको श्रेय आफ्नो मिहिनेत, गुरुजन तथा आमाबुबाको आशिर्वादले सम्भव भएको प्रतिक्रिया दिएका छन् । उनी पत्रकार एम के माझीका पुत्र हुन् ।
उनीहसँगै टप २५ मा सप्तरीका प्रह्लाद गुप्ता, पंकज गुप्ता, विकास साह र विवेक यादव पनि नाम निकाल्न सफल भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ