News Category 2076/06/06
गोली प्रहारबाट घाइते मण्डलको अवस्था सामान्य, गोली हान्नेको खोजतलास तिब्र
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
अज्ञात व्यक्तिले चलाएको गोली लागेर घाइते भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का २४ वर्षिय भगवती प्रसाद मण्डल सोमबार अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् ।
आइतबार साँझ मोटरसाइकल चढी राजविराजबाट घरतर्फ जाने क्रममा दुई जना चढेको भारतीय नम्बरको अर्को मोटरसाइकलले ओभरटेक गरि उनीमाथी एकान्त बाटोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बाँया पाखुरामा गोली लागि ढलेका उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो ।
स्थानिय आशा नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष समेत रहेका मण्डलमाथी गोली प्रहार गर्नेहरु तत्कालै फरार भएको र खोजी कार्य तिब्र बनाइएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
उनले मण्डल उपचारपछि घर फर्किएको तथा उनीमाथी गोली प्रहार गर्ने शंकास्पद व्यक्तिहरुको खोजी कार्य तिब्र बनाइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ