News Category 2070/11/12
सुपारी फिर्ता पाउन दायर रिटको पेशी फागुन २० गते हुने
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
पसलबाट सुपारी नियन्त्रणमा लिई अबैध भनेर कार्वाहीका लागि भन्सारलाई बुझाएको भन्दै पुनरावेदन अदालत राजविराजमा दायर भएको रिटको पेशी आगामी फागुन २० गतेका लागि तोकिएको छ ।
छिन्नमस्ता ५ स्थित अनिता कुमारी यादवको नाममा रहेको ज्योति किराना पसलको गोदामबाट प्रहरीले सुपारी नियन्त्रणमा लिएर भारततर्फ लग्दै गर्दा नियन्त्रणमा लिएको भनेर कार्वाहीका लागि भन्सारमा बुझाएको पसलधनिले दायर गरेको रिटको पेशी फागुन २० गते तोकिएको हो ।
बैलगाडामा भारततर्फ लग्दै गर्दा नियन्त्रणमा लिएको भनी प्रहरीले संचार माध्यमलाई जानकारी गराएको दुई दिन नबित्दै पसलधनीले पुनरावेदन अदालत राजविराजमा रिट दायर गरेका थिए ।
सुपारी फिर्ता पाउँ भन्दै दायर गरिएको निषेधाज्ञा रिटमा अदालतले प्रहरी तथा भन्सार कार्यालय दुबैलाई लिखित जवाफ पेश गर्न आदेश दिएकोमा भन्सार कार्यालयले हालसम्म लिखित जवाफ पेश गर्न नसकेको अदालत श्रोतले जनाएको छ । अदालतको आइतबारको आदेशले एक साताभित्र सुपारी कस्तो अवस्थामा छ भन्ने बिषयमा लिखित जवाफ मागेको छ ।
अदालतले यसअघि नै यादवको सुपारी लिलामी नगर्न भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई आदेश दिइसकेको छ ।
रौतहटको गौरस्थित जय बजरंगबली ट्रेड्र्सबाट यादवले पुस १२ गते खरीद गरी ल्याएको सुपारी गोदाममा राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको र सुपारी खरीद गरिएको भ्याट बिल, कारोबार गर्न लिएको स्थायी लेखा नम्बर, वाणिज्य आपूर्ति तथा व्यवस्थापन विभागको अनुमति पत्र, घरेलु तथा साना उद्योग कार्यालयमा प्राइभेट फर्म रजिष्ट्रेशन गरिएको प्रमाण पत्र हुँदाहुँदै पनि प्रहरीले गोदामबाट प्रहरी नियन्त्रणमा लिएको अदालतमा दायर गरिएको निषेधाज्ञा रिटमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ