News Category 2076/06/07
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा
चन्दनकुमार यादव
राजविराज, ७ असोज ।
बिगत ६ महिनादेखी खाल्डोमा जमेको फोहोर पानीको निकासका लागी आवश्यक पहल नहुदाँ बिष्णपुर गाउपालिकाका एक बस्ती विभिन्न रोगको उच्च जोखिममा रहेको छ ।
लामो समयदेखी जमेको फोहोर पानी निकासका लागि ब्यवस्थापन हुन नसक्दा बिष्णुपुर गाउपालिका ६ स्थित सो बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा रहेका हुन ।
६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको पश्चिम तर्फको मिथीला बस्तीमा बनहार नदीबाट आएको पानी निकास हुन नसक्दा जमेको पानीको दुर्गन्धका कारण एक जनामा डेंगु रोगको लक्षण देखा परेको छ ।
स्थानिय मंजीत दासलाई एक्कासी ज्वरो लागेपछि उनले डेंगु लागेको हो भन्ने शंका लागेपछि उनले घरमै डेंगुको चेकजाँच गरेपछि सो रोग पत्ता लागेको छ । तत्कालै डेंगु रोगबाट बच्ने सम्बन्धी औषधी एक महिना सम्म खाएपछि ज्वरो समेत निको हुदै गएको दासले बताए ।
त्यसैगरी स्थानीय किरण कुमारी राउत, अंजु यादब, सोनी राउत, बसन्त राउत, माधव राउत, सम्झना झा, सुशीला दास लगायतका दर्जनौ घरमा ज्वरो लाग्ने बिरामी बढ्दै गएकोे स्थानियहरुले बताएका छन् ।
यस बस्तीको पानी निकासका लागी बारम्वार सम्बन्धी निकायलाई आग्रह गरेपनि जनप्रतिनिधीहरु स्वास्थ्यप्रति गम्भिर नभएको डेंगु संक्रमणबाट पीडित किरण कुमारी राउतले गुनासो पोखिन ।
घरवरिपरी पानी जमेको कारण घरबाट निस्कन समेत समस्या भएको बताउँदै स्थानिय सुशीला दासले भने, “एकत फोहोर पानी त्यसमा पनि राती घरवाट निस्कन जोखिम छ ।”
५० घर धुरी भएको मिथीला टोलमा २ सय ५० जना भन्दा बढी स्थानीस्यहरुको बसोवास रहेको छ । स्थानिय रत्न राउतले भने, “अहिले मलाई ४ दिन देखी ज्वरो लाग्दै आएको छ, परिवारमा अन्य सदस्यहरुलाई ज्वरो लाग्ने लक्षण देखा परेको छ, मेरो छरछिमेकीमा पनि ज्वरोको प्रकोप देख्न थालेको छ ।”
यस बारेमा बिष्णुपुर गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष बहादुर सदाले मिथीला टोल आफ्नो क्षेत्र नपरेकोले वडा २ मा परेकोले केही थाहा नभएको जानकारी दिए । यता मिथीला टोल वडा ६ मा पर्छ की २ भनेर वारम्वार दुबै वडा अध्यक्षहरुले एक अर्काको एरियामा पर्छ भनेर समस्याको समाधान नगरी बिवाद बढाएको स्थानियहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ