News Category 2076/06/07
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै सांसद तेजुलाल चौधरीमाथी हातपात
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रम स्थल मै सांसद तेजुलाल चौधरी माथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका छन् ।
नेपाली काँग्रेस सप्तरीको आयोजनामा मंगलबार राजविराजस्थित पविमाविको मैदानमा आयोजना गरिएको जागरण अभियानको समापनको अवसरमा मञ्चमै उनीमाथी हातापात भएको हो ।
पार्टीका जिल्ला सभापति दिनेशकुमार यादवको अध्यक्षतामा आयोजना भईरहेको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा आशन ग्रहण सम्बन्धमा बिवाद हुदाँ सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीसँग मंच मै कार्यकर्ताले हातपात गरेका हुन ।
हातपात भएपछि कार्यक्रम बहिष्कार गर्दै सांसद चौधरीले राजविराज नगरपालिकास्थित जनआन्दोलन चौकमा कोणसभा गरेका छन ।
सो सभालाई सम्बोधन गर्दै सांसद चौधरीले कांग्रेस जागरण अभियानमा कांग्रेस जिल्ला सभापति दिनेश यादबले गुण्डा शैलीमा आफूमाथि हातताप गराएको आरोप लगाए । उनले आफु माथि भएको हातपातको घोरआपति जनाउदै कार्यक्रम बहिष्कार गरेका बताए ।
भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी समापन भएको छ ।
यस्तै पविमाविको मैदानमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य अजय कुमार चौरसियाले मूलत बढ्दो महँगी, भ्रष्टाचार, वाइडबडी, न्यारो वडी प्रकरणलगायत महिला हिंसा, बलात्कार र हत्या, बढ्दै गएको बताउदै सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए ।
सो अवसरमा पुर्व गृह राज्यमन्त्री रामकुमार चौधरीले संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहेर अभियान संचालन ल्याएको बताए ।
कार्यक्रममा नेबिसंघ पुर्व महामन्त्री ईर्साद अन्सारी, नेविसंघ केन्द्रीय सदस्य नन्दकिशोर यादब, जिल्ला सचिव रामकुमार यादब लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ