News Category 2076/06/08
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
उच्च अदालत जनकपुर राजबिराज ईजलासका बरिष्ठतम न्यायाधिश तिलप्रसाद श्रेष्ठले जनतालाई सहज न्याय सम्पादनसँगै न्यायपालिकालाई छिटोछरितो बनाउन अदालत प्रतिबद्ध रहेको बताएका छन् ।
राजबिराज उच्च अदालत बार एशोसिएशनद्वारा बिजया दशमी, दिपावली एंव छठ पर्वको अवसरमा बस्आयोजित शुभकामना आदान प्रदान एंव सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
जनतालाई छिटोछरितो न्याय दिलाउन अदालत प्रतिबद्ध रहेको बताउदै उनले पंचवर्षिय योजनाले न्याय सम्पादनलाई अझ चुस्तदुरूस्त बनाई जनतालाई न्यायमा पहुँच हुने बिश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादबले न्याय सम्पादनमा नागरिकलाई सहज बनाउन बार र बेन्च एउटै पांग्रा भएर काम गर्नुपर्नेमा जोड दिए ।
यसैगरी उच्च अदालत जनकपुरका रजिष्टार रोशनकुमार भट्टराईले उच्च अदालतले दुई बर्षको मुद्दा शुन्यमा झारेको बताउदै बमोजिम जिल्लामा ७२ प्रतिशत मुद्दा फर्छाैटमा सफलता पाएको बताए । जनतालाई न्यायप्रति थप बिश्वास दिलाउन गाउँ र टोलटोलमा अदालत जाने कार्यक्रम गर्दै आएको उनले जानकारी समेत दिए ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादब, बारका पूर्व अध्यक्ष बिजय कुमार यादब, अधिवक्ता बोधकृष्ण भगत, अधिवक्ता देब नारायण यादबलगायतले संविधान, कानुन र न्यायका मान्य, सिद्वान्त प्रति उत्तर दायित्व रहेर जनतालाई छिटो छरितो र गुणस्तरिय न्यान सम्पादन गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ