News Category 2076/06/08
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
सप्तरीका फार्मासिस्टहरूले स्थानिय निकायमा फार्मासिस्टहरूको दरबन्दीको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिएका छन ।
सबैको लागि सुरक्षित तथा प्रभावकारी औषधी भन्ने नाराकासाथ विश्व फार्मेसी दिवसको अवसरमा बुधबार राजबिराजमा आयोजित कार्यक्रममा सहभागीहरूले सो माग गरेका हुन् ।
आयोजित कार्यक्रममा डा. दिलिप कुमार साहले औषधीको बारेमा फार्मेसीहरूले बिरामीलाई बुझाएर मात्र औषधी खान सुझाव दिनुपर्ने सुझाव दिए । बिरामीलाई कुन औषधी दिइएको भन्ने बारेमा चित्त बुझाएर मात्र बिरामीलाई औषधीको सेवनको बारेमा काउन्सिलिङ गर्नुपर्ने जिकिर गरे ।
सोही कार्यक्रममा जनस्वास्थ कार्यालयका कार्यालय प्रमुख निरन्जन यादबले फार्मसीलाई थप मर्यादित सँगै पेशालाई ईमान्दारिता बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहायक फर्मासिस्ट टुनटुन यादबले धेरैले फार्मेसी पढेर लाइसेन्स समेत लिएर बसिरहेकाले उनीहरुको रोजगारीको ग्यारेन्टी गराउनु पर्नेमा जोड दिए ।
सोही कार्यक्रममा स्थानिय तहमा अधिकार आईसकेको अबस्थामा नगरपालीका र गाउपालिकाले रोजगारको ग्यारेन्टी गर्नुपर्ने बताउदै फार्मेसीहरूको पेशागत हकहितको लागि रोजगारको ब्यबस्थाको ग्यारेन्टी गर्नुपर्ने माँग गरे ।
सहायक फार्मार्सिस्ट टुनटुन यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, युनिक कलेजका फार्मासिस्ट सुरेश चौधरी, गजेन्द्र नारायण सिह अस्पतालका क्लिनिकल फार्मासिस्ट दिनेश कुमार यादब, औषधी ब्यबसायी तुलानाथ माझीलगायतले फार्मासिस्ट पेशाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ