News Category 2076/06/08
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारवाही गर्न पार्टीको केन्द्रिय समितिसँग माँग गरेको छ ।
काँग्रेस सप्तरीको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति दिनेश कुमार यादवले काँग्रेसको दोश्रो चरणको जागरण अभियानको समापन कार्यक्रम अन्तरगत मंगलबार राजविराजमा आयोजित बिरोध सभाका क्रममा पार्टीलाई कमजोर बनाउने र पार्टीको कार्यक्रम भाड्ने उद्देश्यले सांसद चौधरीले सुनियोजित ढंगले सभास्थलमा बितण्डा मच्याएको आरोप लगाए ।
उनले सांसद चँौधरीमाथी अनुशासनको कारवाही गर्न केन्द्रिय समितिमा बुधबारै पत्राचार गरेको समेत जानकारी दिँदै वर्तमान निरंशुक सरकार बिरुद्ध आयोजना गरिएको बिरोध सभालाई भाड्न र पार्टीलाई कमजोर बनाउन मञ्चमै आएर होहल्ला तथा अशोभनिय व्यवहार देखाएपछि सांसद चौधरी तथा मञ्चासिन नेता कार्यकर्ताबीच सामान्य धक्कामुक्की मात्र भएको कुनै हातपात नभएको दाबी गरे ।
अघिल्लो दिन मंगलबार जागरण अभियान कार्यक्रम अन्तरगत स्थानिय पविमाविको खेल मैदानमा काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको बिरोधसभामा आशन ग्रहणको क्रममा मर्यादा क्रम मिचेको भन्दै काँग्रेसका नेता कार्यकर्ताबीच एक आपसमा मञ्चमै विवाद भएको थियो ।
मर्यादा क्रम मिचेर आशनग्रहण गराइएको विषय उठाउँदा आफूलाई सभापति दिनेश यादव पक्षधरले मञ्चमै दुरव्र्यहार तथा धक्का दिएर तल लडाइदिएको भन्दै सोही पार्टीबाट निर्वाचित संघीय सांसद तेजुलाल चौधरीले बिरोध सभा गरि सभापति यादवसहित सो घटनामा संलग्न भएका पाँच जनामाथी अनुशासनको कारवाही गर्न माग गर्दै केन्द्रिय समितिमा पत्र पठाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ