News Category 2076/06/10
प्रहरीको विशेष सुरक्षालाई चुनौती दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
दैनिक समाचारदाता
राजबिराज, ९ असोज ।
चाड पर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेकै राती राजविराजमा आधा दर्जन भन्दा बढी ठाउँमा चोरी भएको छ ।
प्रहरीले बुधबार मात्र चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे विशेष सुरक्षा रणनीतिक योजना सार्वजनिक गरेको थियो ।
यसैबीच राजबिराज वडा नं. ५ स्थित वडा कार्यालयको छेउ मै रहेको त्रिपती ईन्टरप्राईजेजको सटर तोडेर २ लाख १० हजार नगद चोरी भएको पीडितले जनाएका छन् ।
पसल संचालक कृष्णा साहका अनुसार राती सुतेको बेला पसलमा अज्ञात समुहले अन्दाजी २ बजे तिर सटर तोडेर पसलमा रहेको रकम लगेको बताए ।
यसैगरी सोही वडाको कुनौली सडक खण्डस्थित पबिमाबि र वडा कार्यालयको नजिक रहेको माया मण्डलको चिया पसलबाट २ हजार ५ सय नगद रकम समेत चोरी भएको छ ।
यस्तै सोही ठाउको दिलिप साहको पान पसलमा समेत विभिन्न सामान गरि २ हजार बरावरको चोरी भएको पीडितले बताएका छन् ।
त्यस्तै सोही स्थानका चौधरीको चिया तथा नास्ता पसलबाट ५ हजार बरावरको समानहरू चोरी भएको वडा अध्यक्ष समीर झाले जानकारी दिएका छन ।
त्यस्तै वडाकै मेजमानको पान पसलबाट विभिन्न सामान गरि १० हजार मुल्य बरावरको सामानहरू चोरी भएको अध्यक्ष झाले जानकारी दिए ।
यता वडा अध्यक्ष समीर झाले चोरी नियन्त्रणका लागि वडाको विभिन्न ठाउँ ठाउँमा सिसि क्यामरा जडान रहेको तथा थप केही स्थानमा सिसि क्यामरा समेत जडान गरिने बताए ।
यसैगरी राजबिराज ३ स्थित हनुमान मन्दिरको छेउमा रहेको शिक्षक ईन्द्रनारायण साहको घरवाट ६५ हजार वरावरको दुई वटा मोवाईल चोरी भएको छ ।
राती सुतेको बेला दोस्रो तल्लाको ओछ्यानमा चार्जमा रहेको दुई वटा मोवाइल झ्यालवाट चोरी भएको पीडित अशोक साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ