News Category 2070/11/15
स्थानिय निकायका लागि आन्तरिक तयारी गरिरहेको छ ः आयुक्त डा .यादव खर्चको बिवरण नबुझाउने उम्मेदवारलाई जरिवानादेखि उम्मेदवार हुन रोक लगाउन सकिने
दैनिक संवाददाता
राजविराज, १४ फागुन ।
निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले निर्वाचन आयोगले स्थानिय निकायका लागि आन्तरिक तयारी गरिरहेको बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधबार विहान राजविराजमा आयोजना गरेको सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री सुशिल कोइरालाले आगामी ६ महिनाभित्र स्थानिय निकायको निर्वाचन घोषणा गरिसक्नु भएकोले आयोगले सो तयारी गरिरहेको आयुक्त डा. यादवले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले निर्वाचन ऐन कानुनको अध्ययन गर्नुको साथै स्थानिय निकायको निर्वाचनमा अपनाईने रणनीतिहरुको बारेमा आन्तरिक छलफल र गृहकार्य गरिरहेको बताउनुभयो ।
स्थानिय निकायको निर्वाचन गराउन आयोग तयार रहेको तर त्यसका लागि यथेष्ट समय आवश्यक रहेको उल्लेख गर्नुुहँदै उहाँले जेठ मसान्त सम्ममा स्थानिय निकायको निर्वाचन गराउन सकिने बताउनुभयो ।
संबिधानसभा निर्वाचनमा केही समान्य त्रुटीहरु देखिएपनि आगमी निर्वाचनहरुमा त्यस्तो त्रुटीहरु नहुने जिकिर गर्नुहुँदै आयुक्त यादवले अत्यन्तै उत्साहजनक तरिकाले संबिधानसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैपक्षप्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
सम्पन्न संबिधानसभाको निर्वाचन सम्पन्न भएको चार महिना भन्दा बढी बितिसकेको अवस्थामा मुलुकभरीका करिब ५३ प्रतिशत उम्मेदवारहरुले अझै खर्च बिवरण नबुझाएकोले आयोग अब कडाईका साथ प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो ।
निर्वाचनमा खर्चको बिवरण नबुझाउने उम्मेदवारहरुलाई आयोगले जरिवानादेखि उम्मेदवार हुन रोक लगाउन सक्ने सम्मको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।
पछिल्लो समय सबै निकायहरु कडा रुपमा प्रस्तुत भइरहेको अवस्थामा निर्वाचन आयोग पनि कडा रुपमा प्रस्तुत हुने बताउनुहुँदै आयुक्त यादवले तत्काल निर्वाचनमा भएको खर्च बिवरण बुझाउन सबै उम्मेदवारहरसँग आग्रह गर्नुभयो ।
निर्वाचन आयोगमा दत्र्ता रहेका १ सय १७ वटा राजनीतिक दलहरु मध्ये ११ वटा दलले मात्र अहिलेसम्म आयव्यय बिवरण बुझाएको जानकारी दिनुहुँदै १ सय ६ वटा दललाई पार्टीको आयव्यय बिवरण आयोगमा बुझाउन आग्रह समेत गर्नुभयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले संबिधानसभा निर्वाचनमा सप्तरीमा भएका २ सय ५० उम्मेदवार मध्ये अहिलेसम्म ७६ जना उम्मेदवारहरुले मात्र खर्च बिवरण बझाएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयको प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधी, सञ्चारकर्मी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ