News Category 2076/06/10
सोह्र महिनादेखी लगाइएको ताला फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला
दैनिक समाचारदाता
राजबिराज, ९ असोज ।
राजविराजस्थित जिल्ला खेकुद विकास समितिमा १६ हप्तादेखी लगाइएको ताला बिहीबार भारोत्तोलनका खेलाडीहरुले फुटाए लगत्तै पुनः अर्को ताला लगाइएको छ ।
बहुमत पदाधिकारीद्वारा लगाइएको ताला बिहिबार केही खेलाडीहरुले तोडेको ५ मिनेट नबित्दै पुनः अर्को ताला लगाएको छ । गत जेठ ७ गतेदेखी लगाइएको तालाका कारण खेलकुद गतिविधि र दैनिकी कामकाज ठप्प भएको छ ।
आगामी १ नोभेम्बर देखि नेपालमा हुने १३ आंै दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्ने क्रममा रहेका भारोतोलका खेलाडीहरुले अभ्यासका लागी चाहिने केही आवश्यक सामग्रीहरु तालाबन्दीका कारण निकाल्न नसकिएको तथा आफुहरुको अभ्यास प्रभावित भएको भन्दै विहान ९ बजे ताला फोडेका थिए ।
असन्तुष्ट समुहका नेतृत्व कर्ता समितिका उपाध्यक्ष धिरेन्द्र बर्माले आफुहरुले खेलाडीहरुको अभ्यासलाई प्रभावित पार्ने कुनै मनसाय नरहेपनि सरकारकोे उदासिन्ताले समस्या लम्बिदै गएको गुनासो पोखे ।

उपाध्यक्ष बर्माकै नेतृत्वमा समितिका अध्यक्ष अमर खबास बाहेक बाँकी सबै ९ जना पदाधिकारी मिलेर गत ७ जेठ देखि समितिको मुल गेटमै तालाबन्दी गरेका हुन ।
आ.ब. २०७१÷२०७२ देखि हाल सम्मको आय व्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गर्नुपर्ने लगायतका माग राखी तालाबन्दी गरिएको हो ।
समितिकका सबै पदाधिकारी नेकपाकै हुँदा हुँदै दुई गुटमा विभाजित भएपछि भएको तालाबन्दी खुलाउन कसैले पहल नगर्दा खेलकुद गतिविधि ठप्प भएको छ । यता नेकपा जिल्ला र प्रदेश कमिटी समेतले जिल्लास्थित खेलकुद कार्यालयको समस्याप्रति कुनै चासो नदेखाउनुले सबै आश्चर्यचकित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ