News Category 2076/06/13
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सप्तरी प्रहरीले चाड पर्वको समयमा सुरक्षित यात्रालाई लक्षित गर्दै सडक दुर्घटना न्युनिकरणका लागि “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना” कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको सहकार्यमा सोमबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा सो कार्यक्रमको आयोजना गरेको हो । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा लामो दुरी तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने सम्पुर्ण यात्रीहरुको सुरक्षित यात्रालाई लक्षित गरी सडक दुर्घटना न्युनिकरण अभियानलाई सफल बनाउने उद्देश्यले कार्यक्तम आयोजना गरेको जनाएको छ ।
आयोजित कार्यक्रममा प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायतले लामो तथा छोटो दुरीका सवारीका चालक, परिचालक, यात्रुहरु, संचारकर्मी, नागरिक समाज, समेतको सहभागितामा सवारी चालकहरुलाई टिका लगाई सुरक्षित यात्राको शुभकामना दिएका थिए ।
सोही अवसरमा यात्रु तथा चालकहरुले पालना गर्नु पर्ने पम्प्लेट समेत बितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ