News Category 2076/06/15
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको बलान बिहुल गाउँपालिको तेश्रो गाउँसभा बुधबार सम्पन्न भएको छ ।
गाउँपालिका कार्यालय परिसरमै आयोजित आ.ब. २०७६÷७७ को नीति तथा कार्यक्रममा ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष रुबी गुप्ताले चालु आ.ब.को सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा अनुमानित चालु खर्चतर्फ १४ करोड ५६ लाख ६४ हजार तथा अनुमानित पुँजीगत खर्चतर्फ १६ करोड ५९ लाख ५५ हजार उल्लेख गरिएको छ ।
जसमा वित्तिय सामाजिक अनुदान ८ करोड ९४ लाख, सशर्त अनुदान ८ हरोड ८५ लाख, प्रदेश सरकारबाट वित्तिय सामाजिक अनुदान ६९ लाख ४८ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख, प्रदेश राजश्व बाडफाड २० लाख ४६ हजार, संघीय समपुरक अनुदान ३० लाख, विशेष अनुदान २० लाख, बुहक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत १२ लाख ९८ हजार, गरिबसँग विशेश्वर कार्यक्रममा ७ लाख, सामाजिक सुरक्षा कार्यक्रमतर्फ ३ करोड ५९ लाख ७१ हजार, युनिसेफबाट प्राप्त अनुदान २० लाख, गत वर्षको आल्या रकम १ करोड ५४ लाख ५६ हजार, आन्तरिक आम्दानी ५ लाख, संघीय सरकार राजश्व वाडफाड रकम ५ करोड ८८ लाख अनुमानित रहेको छ ।
आयोजित कार्यक्रममा सम्पूर्ण वडाका अध्यक्ष, सदस्य, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, प्रशासीयक प्रमुख रामसुन्दर थापा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ