News Category 2076/06/17

तीस कार्टुन मदिरा बरामद 

दैनिक समाचारदाता

तीस कार्टुन मदिरा बरामद 

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 
    कोशी बाँधको छेउबाट नेपालबाट भारततर्फ अबैध रुपमा लगिरहेको ९० कार्टुन मदिरा प्रहरीले बरामद गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका ११ सखुवास्थित कोशी बाधको छेउबाट केही व्यक्तिहरुले टाउकोमा बोकी नेपालबाट भारततर्फ अबैध रुपमा लगिरहेको अवस्थामा प्रहरीले सो मदिरा बरामद गरेको हो । 
    बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलिले ३० वटा बोरामा ९० कार्टुन दिलवाले नामक रक्सि बरामद गरेको जनाइएको छ । 
    अन्दाजी ७२ हजार मुल्य पर्ने मदिरा बोकेका व्यक्तिहरुले प्रहरी टोलीलाई दखेपछि प्mयालेर भागेको जनाउँदै बरामद गरिएको उक्त मदिरा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस