News Category 2076/06/17
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गैरसरकारी संस्था तथा निजि क्षेत्रको सहभागिता बिना प्रदेशको समृद्वि हुन नसक्ने बताएका छन् ।
सेभ द सप्तरीको २० औ साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताउँदै सरकारले चाहेर पनि गैरसरकारी संस्था तथा निजी संस्थाहरूको बिना प्रदेशको समृद्वि हुन नसक्ने बताए ।
सेभ द सप्तरीले जिल्लाको विभिन्न पालिकामा बालवालिकाहरूको शैक्षिक तथा स्वास्थ बिकास सँगै समुदायमा पु¥याएको योगदानको प्रशंसा गर्दै समाजको बिकृति तथा भेदभावको बिरूद्व अगाडी बढ्न शुभकामना दिए ।
गैरसरकारी संस्था तथा निजि संस्थाहरूहरूले उत्पादनशिल क्षेत्रमा लगानी लगाउनु पर्ने भन्दै मन्त्री साहले अब कृषितर्फ किसानलाई आत्मनिर्भर बन्नु पर्नेमा जोड समेत दिए । किसानको समस्या समाधान नगरी प्रदेशको समृद्वि हुन नसक्ने र किसानहरूको आर्थिक रूपमा मजबुत नहुन्जेल प्रदेशको समृद्वि हुन नसक्ने उनले उल्लेख गरे ।
मन्त्री साहले प्रदेश सरकारले आन्तरिकमा अनुदान दिईने र कस्टम हेन्डीलिंग सेन्टर स्थापना गर्ने तथा त्यहाँ आधुनिक कृषि यन्त्रहरू राखी कृषकहरूलाई आबश्यक उपकरण प्रयोग गर्ने योजना बनाइरहेको बताए । पशुपालनतर्फ महिलालाई आकर्षित गर्न र बिना ब्याज युवाहरूलाई कृषितर्फ आकर्षित गर्न बिना ब्याज ऋण उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उनले बताए ।
उनले भने प्रत्येक पालिका दूध उत्पादन भएकालाई प्रदेश सरकारले दूध प्रसोधन केन्द्र बनाई स्थानियस्तरमा बजारिकरण गर्ने कार्यक्रम ल्याउने बताउँदै महिला कृषि मैत्री, आय आर्जन, माछा पालन, तरकारी खेती, आँप जोनको प्रचुर सम्भावना रहेकोले त्यसतर्फ संघसंस्थाहरूले समन्वय गरेर समाजको बिकासमा योगदान दिनु पर्ने आग्रह समेत गरे ।
शिक्षा बिना बिकासको परिकल्पना गर्न नसकिने भन्दै उनले छोरा छोरीमा हुने भेदभावलाई निरूत्साहित गर्न बेटी बचाउ, बेटी पढाउ अभियान संचालनमा रहेको जिकिर गरे ।
सेभ द सप्तरीले सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको बिष्णुपुर गाउपालिका, तिलाठी कोईलाडी, राजबिराज नगरपालिकाको वडा नम्वर १, ५, १४, १५, १६ वडामा मातृ, नवजात शिशु बाल स्वास्थ तथा पोषण, प्रारम्भिक बाल बिकास, आधारभुत, शिक्षा, बिद्यालय स्वास्थ तथा पोषण, किशोरकिशोरी बिकास, किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ र जिबिकोपार्जन कार्यक्रमहरू संचालन गर्दै आएको सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल चौधरीले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद गिता यादब, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, तिलाठी कोईलाडी उपाध्यक्ष सुचिता यादब, नेपाली काँग्रेस सप्तरी अध्यक्ष दिनेश यादब, गैसस जिल्ला अध्यक्ष शम्भुनन्दन चौधरी, समाजवादी पार्टीका अध्यक्ष केदार यादब, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, तिलाठी कोईलाडी गाउपालीका वडा ८ का अध्यक्ष लक्ष्मी खंग, सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादबलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ