News Category 2076/06/23
मैथिली भाषाले समुचित स्थान पाउन नसकेकोप्रति दुःख व्यक्त
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले मैथिली भाषाले समुचित स्थान पाउन नसकेको प्रति दुःख व्यक्त गरेका छन् ।
मैथिली साहित्य परिषद् राजविराजका नवनिर्वाचित पदाधिकारीहरुको मंगलबार आयोजित शपथग्रहण एवम् पदस्थापन समारोहमा बोल्दै उनले विश्वकै अति कर्णप्रिय भाषाहरुमध्ये मैथिली भाषाले हालसम्म समुचित स्थान पाउन नसकेकोमा दुःख व्यक्त गरेका हुन् ।
मैथिली भाषा साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न एकतावद्ध भएर अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि यादवले मातृभाषामा पठन–पाठन हुनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालय मात्र नभई निजी विद्यालयहरुमा समेत एउटा विषय मैथिली राख्न सकिने सुझाव दिए ।
देशकै अति पुरानो साहित्यिक संस्थाको रुपमा रहेको मैथिली साहित्य परिषद् स्थापना भएको ५०औं वर्षमा प्रवेश गरेको अवस्थासम्म आईपुग्दा मिथिला साप्ताहिक पत्रिका, मिथिला कलेण्डर, वाणी प्रकाशन, भाषिक जागरण लगायतका गतिविधीहरु सराहनीय रहेको बताए ।
सो कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश नम्वर २ का सभासद् मनिष कुमार सुमनले मैथिली भाषा साहित्यको आफ्नै पहिचान एवतस्ं प्राचीन इतिहास रहे पनि उपेक्षाको सिकार रहँदै आएको जिकिर गरे । उनले प्रदेश २ मा कामकाजी भाषाको रुपमा मैथिलीको स्थान सुनिश्चित हुने दावी गर्दै प्रदेशको नामांकरणको विषयमा कसैको स्पष्ट बहुमत नरहेकोले अहिले नै केही भन्न नसकिने अवस्था रहेको बताए ।
त्यस्तै कार्यक्रममा अर्का प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले मैथिली भाषा मल्लकालीन समयमा राजकाजको भाषा रहेको चर्चा गर्दै यसको स्थान सुनिश्चित गराउन आफुहरु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका महासचिव जयप्रकाश ठाकुर, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, शुभचन्द्र झा, स्वेडेकका कार्यकारी निर्देशक ई. इन्द्रनारायण देव, परिषद्का अध्यक्ष पदका प्रत्यासी प्रा.डा. रामखेलावन यादव, हिन्दू स्वयम्सेवक संघका जिल्ला अध्यक्ष भोगेन्द्र झा, हिन्दी साहित्य प्रतिष्ठानका सचिव सुरेन्द्र प्रसाद गुप्ता, चित्रगुप्त सेवा समितिका सचिव प्रा. रणधीर कर्ण, मैथिल महिला परिषद्का अध्यक्ष शान्ति झा, मैथिली साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल (भरोषी), प्रतिष्ठानका सचिव विद्यानन्द वेदर्दी, पूर्व प्राचार्य भवेन्द्र प्रसाद यादव, अवकाशप्राप्त शिक्षक मन्जु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
परिषद्का निवर्तमान अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित समारोहमा निर्वाचन समितिका प्रमुख पूर्व प्राचार्य नथुनी दासले नवनिर्वाचित अध्यक्ष सतिश दत्तलाई सपथग्रहण गराएका थिए भने अध्यक्ष दत्तले कार्यसमितिका नव निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराएका छन् ।
गत असोज ११ गते सम्पन्न निर्वाचनबाट सतिशकुमार दत्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । अध्यक्ष पदमा दत्तले २ सय ९७ मत पाएर विजयी भएका छन् । उपाध्यक्ष पदमा श्यामसुन्दर यादव, सचिवमा अजय कुमार झा, उप–सचिवमा पंकज कुमार झा र कोषाध्यक्षमा अमरकान्त झा निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा जिबछ दास, मिथिलेश कुमार यादव, चन्दन यादव, भूपेश कुमार भूप, विद्यानन्द राम र ध्रुबकुमार मण्डल विजयी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ