News Category 2076/06/23
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा दशैंको अवसरमा मंगलबार राती आयोजित रामलिलाको समय विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् भने घाइते मध्ये चारको अवस्था गम्भिर छ ।
शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहास्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् ।
.jpg)
गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेम बहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् ।
स्थानिय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि बुधबार बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा. प्रमोद साहले जानकारी दिए ।
यस्तै कुटपिटबाट धिरेन्द्र चौधरी, मो. समिम, रमेश कुमार यादव, अशोक यादव, सरोज कार्की, देवसुन्दर यादव, सन्तोष साह र ओमकान्त साह पनि घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले घटना अनुसन्धानको क्रममा पूजा समितिका अध्यक्ष इनरदेव साह, कोषाध्यक्ष दिलिप चौधरी, सदस्य हिरु चौधरी, पुन्ति यादव र रामचन्द्र साह लगायत पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
मंगलबार राती ८ बजेतिर रामलिला कार्यक्रम चलिरहेको बेला दुई पक्षबीच झडप सुरु भएको थियो । स्थानियका अनुसार पूजा समितिले रामलिला कार्यक्रम राती १ बजेसम्म चलाउने तथा अर्को पक्षले राती १२ बजेसम्म मात्र चल्न दिने अडान राखेपछि झडप सुरु भएको थियो ।
.jpg)
सोही क्रममा वडा अध्यक्ष समेत रहेका पूजा समितिका अध्यक्ष इनरदेव साहको नेतृत्वमा एक समूहले लाठी, फठ र फलामे रडबाट अन्धाधुन्द आक्रमण गरेको घाइतेहरुले बताए छन् ।
पूजा समिति नेकपा तथा घाइते पक्ष काँग्रेस र राजपा पक्षधर हुन् । यसैबीच राजपाका केन्द्रिय सदस्य दिनेश यादव तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा बुधबार एक टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगि घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथी कडा कारवाहीको माँग गरेका छन् ।
यता रातीदेखी नै गाउँ तनावग्रस्त बनेपछि थप अप्रिय घटना हुन नदिन अहिले त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।
यसैबीच नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले बुधबार एक विज्ञप्ति प्रकाशित गरि घटनामा संलग्न वडा अध्यक्षसहित अन्यहरुलाई कारवाहीको माँग गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ