News Category 2076/06/24
किर्तिमानी खेलाडी अजितसहित उत्कृष्ट छात्रछात्रा पुरस्कृत
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
नेपाल यादब सेवा समितिले किर्तिमानी खेलाडी अजितकुमार यादब तथा एसईई परिक्षामा उत्कृष्ट छात्रछात्रालाई सम्मान गरेको छ ।
बिहिवार राजबिराजमा सप्तरी काठमाडौ समन्वय समितिले आयोजना गरेको एक कार्यक्रम बिच ऐथलेटिक्सका किर्तिमानी खेलाडी अजित कुमार यादबसहित २०७५ सालको एसईई उत्कृष्ट अंक ल्याउने यादब समुदायका छात्रछात्रालाई सम्मान गरेको हो ।

किर्तिमानी खेलाडी अजित कुमार यादब र सप्तरी जिल्लाका समुदायिक बिद्यालय तथा संस्थागत बिद्यालयका उत्कृष्ट अंक जिपिए ल्याई उतिर्ण हुने १६ जना छात्रछात्रालाई मेडल तथा प्रमाण पत्रसहित सम्मानित गरियो ।
यादब समुदायवाट जिल्लाका संस्थागत बिद्यालय अन्तर्गत छात्रातर्फ उत्कृष्ट पिसजोन मोडेल सकेन्ड्री स्कुल राजबिराजका अन्जली यादब (३.८), सोही स्कुलका अर्पणा यादब (३.७) र कंचन यादब (३.७) जिपिए ल्याए वापत प्रोत्साहन स्वरूप प्रमाणपत्र तथा पुरस्कार बितरण गरेको हो ।
यसैगरी संस्थागत बिद्यालयको छात्रतर्फ कृष्ण कुमार यादब (३.८) सुनिल यादब (३.७५), कृष्ण यादब (३.७) र सोनु कुमार यादब (३.७) पुरस्कृत भएका छन ।
त्यस्तै सामुदायिक बिद्यालय तर्फको छात्रावाट आरती यादब (३.४५) भुमिका यादब (३.४) सुरवी यादब (३.२५), रच्छु कुमारी यादब (३.२५) निलम यादब (३.२५ तथा छात्रतर्फ जिवेन्द्र यादब, धिरेश कुमार यादब, सुशील यादब, सुमन कुमार यादबलाई पुरस्कृत गरिएको छ ।
नेपाल यादब सेवा समितिका केन्द्रीय अध्यक्ष भुनेश्वर यादबको अध्यक्षता आयोजित कार्यक्रममा प्रमुख अतिथि निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादब, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब, ईन्जिनियर सुरतलाल यादब, ईन्जिनियर हरि नारायण यादब, सप्तरी काठमाडौ समन्वय समितिका मुसहरू यादब, आलोक यादबले प्रमाणपत्र तथा मेडेल प्रदान गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष भुवनेश्वर यादबले सम्पुर्ण यादब समुदायको आर्थिक, सामाजिक, धार्मिक एंव सांस्कृतिक उन्नतीको लागी महत्वपुर्ण योगदान दिने उद्देश्यले छात्रछात्रा तथा खेलाडीलाई प्रोत्साहन स्वरूप प्रमाणपत्र तथा पुरस्कार मेडेल प्रदान गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ