News Category 2070/11/14
जिल्ला स्तरीय योजना तर्जुुमा गोष्ठी सम्पन्न
दैनिक संवाददाता
राजविराज, १३ फागुन ।
आगामी आर्थिक बर्ष २०७१÷०७२ को जिल्ला स्तरीय एकिकृत योजना तर्जुमा गोष्ठी मंगलवार सम्पन्न भएको छ ।
जिल्लाबाट निर्वाचित सभासदहरु, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी, कार्यालय प्रमुखको उपस्थितिमा सम्पन्न गोष्ठीमा आगामी आर्थिक बर्ष २०७१÷०७२ को लागि बिभिन्न इलाकाबाट आएका योजनाहरुको बिषयमा छलफल थप योजनाहरु थप्ने निर्णय गरेको छ ।
सप्तरीका स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्लाको १७ वटै इलाकाबाट आएका योजनाहरुको बारेमा छलफल गर्दै जिल्लाको बिकासका लागि थप महत्व राख्ने योजनाहरु समेत समेटिने निर्णय गरेको हो ।
गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशु, जिल्ला कृषि, वन कार्यालय, जिल्ला खानेपानी, भु–संरक्षण, महिला बिकास कार्यालय लगायतका कार्यालयका प्रमुखहरुले इलाका स्तरबाट आएका योजना अन्तर्गत रहेर आगामी आर्थिक बर्षभित्र कार्यालयहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सो गोष्ठीमा सप्तरी क्षेत्र नम्बर १ का सभसाद् मानपुर चौधरी, क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् अशोक मण्डल(अमर), क्षेत्र नम्बर ५ का सभसाद् तेजुलाल चौधरी, राप्रापा नेपालका सभासद् गंगाप्रसाद यादवले जिल्लाको बिकासका लागि राजनीतिबाट माथि उठेर पहलकदमी अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यस्तै गोष्ठीमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला कार्यवाहक अध्यक्ष सत्यनारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला संयोजक गजेन्द्र मण्डल, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, राप्रापाका मो. सकिल अली लगायतका दलका प्रमुखहरुले जिल्लास्तरीय एकिकृत योजना तर्जुमा गोष्ठीमा भाग नलिने कार्यालय प्रमुखहरुमाथि कार्वाही अघि बढाउन माग गर्दै इलाका स्तरबाट आएका योजनाहरुलाई कार्यान्यन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई, सगरमाथा आपाङग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल लगायतले बोल्नुभयो । जिविसका कार्यक्रम अधिकृत नवराज खडकाद्वारा सञ्चालित गोष्ठीको सहजीकरण जिविसका योजना अगुमन तथा प्रशासकीय अधिकृत सुरेश राउतले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ