News Category 2076/06/24
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य भएर जाने बताएका छन् ।
समाजवादी पार्टी नगर समिति राजविराजद्वारा विहिवार आयोजित बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।
उनले राजपालाई आफ्नो पार्टीसँग एकता गर्ने बाहेकको विकल्प नरहेको बताउँदै एकता नगरे राजपाको पनि अन्त्य हुने निश्चित रहेको जिकरि गरे ।
उनले अबको राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै रहेकोले राजपालाई समयमै विचार पु¥याएर एकता गर्न आह्वान समेत गरे । संविधान संशोधनको विषयमा सरकारसँग गम्भिरतापूर्वक कुरा भईरहेको बताउँदै मन्त्री यादवले अब पनि सरकारले संशोधनतर्फ अघि नबढे बाध्य भएर आफुहरु पनि संघर्षको बाटोमा लाग्ने चेतावनी दिए ।
संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई अविलम्ब सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।
समाजवादी नगर समितिका अध्यक्ष भिमराज यादवको अधयक्षतमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वमन्त्री एवं पार्टीका उपाध्यक्ष रेणु यादव, प्रतिनीधि सभा सदस्य डा. सूर्यनारायण यादव, केन्द्रीय सदस्यहरु कैलाश कुमार यादव, विनोद कुमार चौधरी, सदस्य अशोक कुमार यादव, उमेश यादव, सल्लाहकार सुमन चौधरी, मधेश प्रदेश समितिका सचिव दिनेश कुमार यादव, सप्तरी जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, सदस्यहरु युसुफ अलि, भिम बहादुर तामाङ, राधेश्याम पंडित, अमृत साफी, भारतीय कम्युनिस्ट पार्टीका नेता सत्यनारायण यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तारकेश्वर यादव, समाजवादी महिला संघ सप्तरीका अध्यक्ष मिरा यादव, महिला नेता रमिला साह, पुर्व शिक्षक करण यादव, कलाकार शिवशंकर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ