News Category 2076/06/25

उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत

दैनिक समाचारदाता

उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
    जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय भुमिका निर्वाह गरेकोले ६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रम बिच तिन प्रहरीलाई पुरस्कृत गरिएको छ ।   
    प्रदेश नं. २ प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको सयुक्त आयोजनामा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो । 
    पुरस्तकृ हुने प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय सप्तरीका असई चन्द्रकिशोर झालाई प्रहरी अफ दि मन्थ, जिल्ला प्रहरी कार्यालयका जवान बाल कृष्ण यादब र प्रहरी तालिम केन्द्रका प्रहरी जवान बृज कुमार यादब रहेका छन् ।
    गत असोज १९ गते महदेवा गाउँपालिका १ मा गफुर पमरियाको हत्याका आरोपित आमा छोरालाई पक्राउ गर्न खेलेको अहम भुमिका वापत असई चन्द्रकिशोर झालाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश बस्नेतले जानकारी दिएका छन् । 
    त्यस्तै अवैध मदिरा नियन्त्रण गर्ने कार्यमा ९० कार्टुन अबैध मदिरा बरामद गरेका प्रहरी जवान बालकृष्ण यादव र तालिम केन्द्रका प्रहरी जवान बृजकुमार यादबलाई अनुशासित, ईमान्दारिता तथा जिम्मेवारीपूवर्क सेवा निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए ।
    यसैबीच प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाई, शसस्त्र प्रहरी वल सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक उद्वव न्यौपाने, अनुसन्धान उपनिर्देशक तिलक शर्मा प्रसाई भु.पु. प्रहरी, अमर प्रहरीका परिवार, विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधिहरु, पत्रकार, समाजसेवी, वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । यसअघि प्रहरी दिवसको अवसरमा शुक्रबार बिहान राजबिराजमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । 

प्रतिकृया दिनुहोस