News Category 2076/06/25
समाजवादी पार्टीकी महिला नेतृ साह पक्राउ
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
समाजवादी पार्टीका सप्तरी जिल्ला नेतृ सुनिता साहलाई शुक्रबार सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक तिलक भारतीले महानगरी प्रहरी वृत्त कमलपोखरी काठमाडौंबाट पक्राउ गर्न पत्राचार गरेकाले उनलाई राजविराज वडा नं. ६ खर्साल टोलस्थित निवासबाट पक्राउ गरेको जानकारी दिएका छन् ।
अन्तरपार्टी महिला संजालकी सप्तरी अध्यक्ष समेत रहेकी सुनितामाथी पुरानो मुद्दाको आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता भारतीले बताए । तर, पुरानो मुद्दा के हो भन्ने विषयमा उनले बताउन चोहनन् ।
यसैबीच चिनिया राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको श्रोतको दाबी छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भदौं २३ गते काठमाडौंमा भएको बिरोध प्रदर्शनमा महिला नेतृ साहको पनि सहभागिता रहेको थियो ।
यता समाजवादी पार्टी प्रदेश नं. २ का सचिव दिनेश कुमार यादवले महिला नेतृ साहलाई कुन कारणले पक्राउ गरिएको विषयमा प्रहरीले जानकारी दिनुपर्ने बताउँदै कुनै पनि राष्ट्रका प्रमुख नेपाल भ्रमणमा आएमा पार्टीको बिरोध गर्ने नीति नभएको स्पष्ट गर्दै ती राष्ट्र प्रमुखलाई स्वागत गर्ने नीति रहेको प्रतित्रृmया समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ