News Category 2076/06/26
एकपछि अर्को सदस्य गुमाउँदा देव परिवारको कन्तविजोग
.jpg)
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
जेठो छोराको हत्या भएको चार वर्ष नबित्दै परिवारका थप दुई सदस्य समेतलाई गुमाएका राजविराज ७ निवासी बृद्ध रामशंकर लाल देव न्यायका लागि भौतारिएका छन् ।
एकपछि अर्को गर्दै परिवारका तीन सदस्य गुमाउनु पर्दा बृद्ध देव उनका पत्नि आशादेवी र कान्छो छोरा चन्द्रनारायण देव न्यायका लागि भौतारिएका हुन् । तर, अहिले सम्म देव परिवारले न्याय पाउन सकेका छैनन् ।
आइतबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि देव परिवार न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेका छन् । देवका ३० वर्षिय जेठा छोरा जितेन्द्रको २०७२ साल असोज ३० गते अपहरण पश्चात् हत्या गरिएको थियो । २९ असोज मा अज्ञात व्यक्तिबाट अपहरणमा परेका जितेन्द्रको भोली पल्ट राजविराज–कुनौली सडकखण्डमा पर्ने नहर किनारमा हत्या गरि फ्यालिएको अवस्थामा मृत शरीर फेला परेको थियो ।
उक्त घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । पति हत्याको खबरले शोकमग्न भई ओछ्यान समाएका पत्नि विष्णुमाया देवको पनि शोकमै २०७५ कात्तिक १० गते निधन भयो । तर, देव परिवारको विपत्ति यँही रोकिएन् । बुहारी विष्णुलाई गुमाएको एक वर्ष नबित्दै काठमाडौंमा अध्ययनरत देवका कान्छी लक्ष्मीको पनि २०७६ असोज १८ गते सवारी दुर्घटनामा परि मृत्यु भयो ।
दशैं मनाउन बा.३ख. २३५९ नं.को मिनि बस चढेर राजविराजतर्फ आउँदै गर्दा बीच बाटोमै गाडी पल्टिदा लक्ष्मीको घटनास्थलमै मृत्यु भयो । एकपछि अर्को गर्दै परिवारका सदस्यको मृत्यु भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ न कुनै खुशीयालीमा रमाउने अवसर नै पाएको छ ।
बाचेका परिवारका सदस्य शोकै शोकमा दिन बिताउनु परेको पत्रकार सम्मेलनमा बृद्ध रामशंकर लाल देवले सुनाए । यो श्रृंखलाले हामी मर्माहत भएका छौं, उनले भने “तर राज्य पक्षबाट कुनै सहयोग पाइएको छैन् ।” उनले जेठा छोराको हत्यारालाई पक्राउ र कारवाही गराउन जिल्लादेखी प्रहरीको काठमाडौंस्थित केन्द्रिय कार्यालयसम्म दौडधुप गर्दा पनि आश्वासन बाहेक केही पाउन नसकिएको गुनासो पोखे ।
यस्तै चालकको लापरवाहीले भएको बस दुर्घटनामा छोरीको ज्यान जाँदा पनि एक रुँपैया पनि क्षतिपूर्ती नपाएको र चालकमाथी कारवाही समेत नभएको गुनासो पोखे । यता यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा जिज्ञासा राख्दा डिएसपी तिलक भारतीले देव परिवारमाथी परेको पीडा बारे वास्तविकता बुझेर आफ्नोतर्फबाट न्यायका लागि सक्दो पहल गर्ने बताएका छन् ।
आफूहरु केही महिना पहिले मात्र सरुवा भई सप्तरीको आएको र यो मुद्दा पुरानो भएका कारण बास्तविकता बुझ्नका लागि फायल अध्ययन गरिरहेको समेत उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ