News Category 2076/06/28
राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
राजपा निकट राष्ट्रिय विद्यार्थी संघले अन्तरपार्टी महिला संजाल सप्तरीका अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको घटनाको बिरोध गर्दै भत्र्सना गरेको छ ।
संघका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवद्वारा जारि विज्ञप्तिमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिको बिरोध गर्ने सक्ने आंशकमा साहलाई पक्राउ गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा साहले चेलीबेटीको बचाउ र रक्षा गर्न माग गर्दै भदौं २३ गते प्रदर्शन गरेकोमा उल्टै साहमाथी अभद्र व्यवहारको मुद्दा चलाइएको घटनाप्रति आश्चर्य चकित भएको उल्लेख छ । सोही विज्ञिप्तमा प्रहरीको यस शैलीले सरकार र प्रहरीकै संरक्षणमा नेपाली चेलीबेटी बेचबिखन भइरहेको त छैन ? भन्ने आशंका समेत गरिएको छ ।
नेपाली दिदीबहिनीको जिवन रक्षा र मानव तस्करी बिरुद्ध आवाज उठाउने साहलाई बिना शर्त रिहा गर्न र संविधानमा उल्लेखीत मानवअधिकारको रक्षा गर्न सरकारसँग जोडदार माग गर्दै त्यसका लागि सहज वातावरण बनाउन सम्बन्धीत पक्षको विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।
साथै विज्ञप्तिमा बिरोध गर्न पाउने संविधान प्रदत्त अधिकारको खिल्ली उडाएर साहप्रति गरिएको व्यवहार नसच्याए र उनको तत्काल रिहाई नगरिए त्यसपछि उत्पन्न परिणामको भागिदारी सरकार र सम्बन्धीत पक्ष नै हुने ब्यहोरा समेत उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ