News Category 2076/06/28
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड

दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
अस्पतालका चिकित्सक बिरामी जाँच्ने समयमा पनि नआएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।
अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव दिउसो १२ बजे सम्म नआउँदा बिरामी जाँच गराउन आएका आफन्त र केही विद्यार्थीहरु मिलेर नाराबाजी गर्दै तोडफोड गरेका थिए ।
तोडफोडबाट डा. झा र डा. यादव विरामी जाँच्न बस्ने कोठाको भ्mयाल, ढोका, कुर्सी र टेबुल लगायतका सरसामानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
यता तोडफोड कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको छ ।
यसैबीच अस्पतालका निमित्त मेसु डा. दिलिप साहले डा. झा विदामा रहेको र डा. यादव सो समयमा ईमरजेन्सिमा एक विरामीको उपचारमा संलग्न रहेको प्रष्ट पारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ