News Category 2076/06/28
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
अस्पतालका चिकित्सक बिरामी जाँच्ने समयमा पनि नआएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।
अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव दिउसो १२ बजे सम्म नआउँदा बिरामी जाँच गराउन आएका आफन्त र केही विद्यार्थीहरु मिलेर नाराबाजी गर्दै तोडफोड गरेका थिए ।
तोडफोडबाट डा. झा र डा. यादव विरामी जाँच्न बस्ने कोठाको भ्mयाल, ढोका, कुर्सी र टेबुल लगायतका सरसामानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
यता तोडफोड कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको छ ।
यसैबीच अस्पतालका निमित्त मेसु डा. दिलिप साहले डा. झा विदामा रहेको र डा. यादव सो समयमा ईमरजेन्सिमा एक विरामीको उपचारमा संलग्न रहेको प्रष्ट पारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ