News Category 2076/06/28
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
बिश्व हात धुने दिवसको अवसरमा सप्तरीको खडक नगरपालिकास्थित रहेको पन्सेरा माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा ६ चरणमा हात धुने तरिका सिकाइएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालले आयोजना गरेको कार्यक्रममा खाना खानु अघि हात धुनुपर्ने, दिशा पिसाव गरि सकेपछि साबुन पानीले हात धुनुपर्ने, कुनै खेल खेलेर आइसकेपछि हात धोएर खाना खानुपर्ने र ब्यक्तिगत सरसफाई लगायतका बारेमा जनचेतनामूलक जानकारी बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई सिकाइएको छ ।
समुन्नति कार्यक्रम अन्र्तगत पन्सेरा माध्यमिक बिद्यालयमा अध्यनरत करिब २ सय ६५ जना छात्र÷छात्राहरुलाई ६ चरणमा हात धुने तरिका र ब्यक्तिगत सरसफाई सम्बन्धि सबल नेपालका स्वास्थ्य अधिकृत शिवशंकर यादवले सहजिकरण गरि सिकाइएको सवल नेपालले जनाएको छ ।
.jpg)
यसैगरि बिश्व हात धुने दिवसको अवसरमा सप्तरीको गोबिन्दपुरमा रहेको बिद्यालयमा साबुन पानीले हात धुने तरिका सिकाइएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित गोबिन्दपुरमा रहेको राप्राबि बिद्यालयमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको हात धुने कार्यक्रममा बिद्यालयमा उपस्थित छात्र÷छात्राहरुलाई बिभिन्न रोग लाग्नबाट बच्नको लागि साबुन पानीले हातधुने तरिका सिकाइएको हो ।
सो अवसरमा सेभ द सप्तरीका फिल्ड अफिसर बिद्यया मण्डल र प्रोग्राम सुपरभाइजर मोनिका मिश्रले बिद्यालयमा उपस्थित कक्षा १ देखि ५ सम्मका सम्पुर्ण छात्र÷छात्राहरुलाई ६ चरणमा हात धुने प्रकृया सिकाउनुको साथै साबुन पानीले हात धोएर खाना खानुको फाइदा बारे जनचेतना समेतद्ध स् दिइएको छ ।
ब्यक्तिगत सरसफाई सम्बन्धि जानकारी दिदै नङ काट्न र सधै साबुन पानीले हात धुने बानी बसालनु पर्ने जनचेतना समेत दिइएको छ ।
सो अवसरमा राप्राबि गोबिन्दपुरका प्रअ बलदेव मुखिया लगायत शिक्षक, सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देव, बिद्यया मण्डल, सुपरभाइजर मोनिका मिश्र, समुदायिक परिचालक रुभा मण्डल लगायतका उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ