News Category 2076/06/29
पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
अस्पतालमा भएको घटना र त्यसपछि उब्जिएको विवादमा प्रहरीले पक्राउ गरेको १६ जना विद्यार्थीलाई बुधबार दिउँसो रिहा गरेको छ ।
सोमबार दिउँसो राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक बिरामी जाच्ने समयमा उपस्थित नभएको भन्दै बिरामीका आफन्त र विद्यार्थीहरुले अस्पतालमा तोडफोड गरेका थिए ।
सोही विषयमा प्रहरीले गुन्जन झालाई पक्राउ समेत ग¥यो र पक्राउ गरिएको विषयमा विद्यार्थीहरुले मंगलबार प्रर्दशन गर्दा १६ जना विद्यार्थी पक्राउ गरेको थियो ।
यता पक्राउ परेका विद्यार्थीहरुले बुधबार बिहान हिरासत कक्षमै आमरण अनसन सुरु गरेपछि बुधबार दिउँसो प्रहरीले उनीहरुलाई रिहा गरेका छन् । पक्राउ परेका नेविसंघका विद्यार्थी नेता पाथो सरकार सहित १६ जना बुधबार विहानैदेखि हिरासतमा आमरण अनसन थालेका थिए । अनसन थालेको ६ घण्टा पछि उनीहरुलाई रिहा गरिएको छ ।
पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले आफुहरुलाई पक्राउ गरी संविधान प्रदत अधिकारमाथि अंकुश लगाएको भन्दै विद्यार्थीहरु हिरासत कक्षमै आमरण अनसन सुरु गर्नु परेको विद्यार्थी नेता पार्थो सरकारले बताए ।
यद्यपि अस्पतालमा भएका तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुन्जन झालाई भने हिरासतमै राखिएको छ । उनीमाथि अभद्र व्यवहार र शैली विषय अन्तर्गत मुदा चलिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ