News Category 2070/11/13
उतिर्ण संख्या बढाउन सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा
दैनिक संवाददाता
राजविराज, १२ फाल्गुण ।
सप्तरीका अधिकांश सामुदायिक माध्यमिक बिद्यालयहरुले एसएलसी दिने बिद्यार्थीहरुलाई लक्षित गरी कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।
गतबर्षको एसएलसी परिक्षामा नराम्रो परिणाम आएपछि यसबर्षको परिक्षामा उत्तिर्ण संख्या बढाउन बिद्यालयहरुले अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका हुन् ।
सार्वजनिक बिदाका कारण कोर्ष पुरा हुन नसकेको र एसएलसी परिक्षाको पुर्ण तयारी गराउने उद्देश्यले अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको बिद्यालयका प्रधानाध्यापकहरु बताउँछन् ।
कतिपय बिद्यालयहरुले बिद्यार्थीहरुसँग न्युनतम शुल्क लिएर त कतिपयले बिद्यालयको आन्तरिक कोषबाट अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका छन् ।
गतबर्ष अतिरिक्त कक्षा सञ्चालन नगरेकाले सप्तरी जिल्लामा नियमित तर्फ मात्र १९ दशमलव २३ प्रतिशत र एक्जामटेडतर्फ शुन्य दशमलव ५४ प्रतिशत मात्र बिद्यार्थी उतिर्ण भएकाले यसबर्ष उतिर्ण संख्या बढाउन बिद्यालयकै शिक्षकहरुको सक्रियतामा अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको प्रअहरुको कथन छ ।
अतिरिक्त कक्षा एसएलसी दिन लागेको बिद्यार्थीहरुको लागि सहयोगी र फलदायी बन्ने विश्वासको साथ अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको बताउँदै प्रअ यादवले सप्तरीका करिब ९० प्रतिशत सामुदायिक मावि बिद्यालयहरुले अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको पाइएको बताउनुभयो ।
सामुदायिक र निजी गरी ७३ वटा माध्यमिक बिद्यालयहरु रहेको सप्तरीमा यसबर्ष नियमिततर्फ ८ हजार ६ सय ३९ र आंशिकतर्फ ४ हजार ७ सय ४३ गरी १३ हजार ३ सय ८२ जना परिक्षार्थीहरु सहभागि हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ