News Category 2076/06/29
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
प्रतिनिधि सभा सांसद प्रमोद साहलाई रिहाहीको माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय बिद्यार्थी संघ सप्तरीको नेतृत्वमा राजबिराजस्थित जनआन्दोलन चौकमा सो प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा गृहमन्त्री राम बहादुर थापाको पुतला समेत दहन गरिएको छ । सो क्रममा प्रहरीले जलिरहेको पुतला निभाउन खोज्दा प्रदर्शनकारी र प्रहरीबीच सामान्य हातहाला भएको थियो ।
यस्तै पुतला दहन पश्चात् आयोजित बिरोध सभामा बोल्दै राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु यादवले अन्यायको विरुद्ध आवाज उठाई रहदाँ सांसद साहलाई पक्राउ गर्नु सरकारको चरम गल्ती रहेको भन्दै उनलाई तत्काल रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यस्तै राजपा नेपालका केन्द्रीय सहमहासचिव गजेन्द्र कुमार मण्डलले अन्याय विरुद्ध आवाज उठाउने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने क्रियाकलाप सरकारको निरंकुश प्रवृति रहेकोले यस विरुद्ध आन्दोलनको कडा कदम चाल्ने चेतावनी दिए ।
उनले विपक्षीप्रति वर्तमान सरकार नकारात्मक बन्दै गएकोले सचेत हुनुपर्ने बेला आएको बताए ।
सोही बिरोध सभामा राजपा सप्तरी अध्यक्षमण्डलका संयोजक हरेराम यादबले बुद्ध एयरले आमजनतालाई दुःख दिने गरेकोले एयरको मनपरी विरुद्ध आवाज उठाउने मधेशी सांसदलाई पक्राउ गर्नु वर्तमान सरकारले ज्यादती गरेको आरोप लगाए ।
विमान ढिलो भएको कारण बुद्ध एयरको काउण्टरमा तोडफोड र कर्मचारीलाई हातपात गरेको आरोपमा नागरिक उड्यान प्राद्यिकरणले उजुरीको दिएपछि उनलाई ओखलढुंगा जान लागेको बेला काठमाडौ विमान स्थलबाट मंगलवार बिहान करीब १२ बजेतिर पक्राउ गरिएको थियो ।
सोमवार बिहान ११ः४० बजेको बुद्ध एयरको विमान ढिलो भएको कारण किड्नीका बिरामी नेपाली कांग्रेसका नेता दिलिप सहगल छटपटाई रहेको देखेर सांसद साह उनको पीडा सहन नसकी आक्रोशमा आई बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।
तोडफोड घटनापछि काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एअरका कर्मचारी रोक्न खोजेपछि दुवै पक्षबीच हातहाल समेत भएको थियो ।
बिरोध सभामा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, राजपा नेपाल सप्तरी अध्यक्षमण्डलका सदस्य सुनिल कुमार झा, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, उपेन्द्र साह, पुनम यादब, युवा नेता बिनोद यादब, मनोज झा, रंजित यादब, लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ