News Category 2076/07/01

राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा

दैनिक समाचारदाता

राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा

दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
    राजविराजस्थित राष्ट्रिय प्राथमिक विद्यालय राजदेवीमा केही दिनदेखि जमेको पानीको निकास हुन नसक्दा बिद्याथीहरू समस्यामा परेका छन् ।
    राजबिराज नगरपालिका वडा नं. २ राजदेबी चौकस्थित रहेको विद्यालयमा पानी जम्दा बालवालिकाहरूलाई बिद्यालय आउन जान समस्या उत्पन्न भएको हो ।
    सो बिद्यालयको कम्पाउन्डमा साउन महिनादेखीको पानी निकास हुन नसक्दा कम्पाउण्ड भित्र बालवालिकाहरूलाई टिफिन भएको बेला खेलकुद गर्न सकिरहेका छैनन् ।
    बालवालिकाहरू कक्षाकोठा भित्रै बसेर टिफिन खान र खेलकुद गर्न बाध्य भएको बिद्यालयका प्रअ सुचिता कुमारी साहले बताईन ।
    खेल मैदानमा जमेको पानी निकास गर्न सम्बन्धी निकायलाई बारम्वार आग्रह गरिएपनि अहिलेसम्म पानी निकास हुन नसकेको प्रअ साहले गुनासो पोखिन ।
    प्रअ साहले बिद्यालय अगाडिको कम्पाउन्डमा पानीको निकास गरी माटो हाली दिए तत्काल समस्याको समाधान हुने र वालवालिकाहरूलाई आवतजावत सँगै खेलकुद गर्न सहज हुने जिकिर गरिन् । हाल सो विद्यालयमा ६५ जना छात्रछात्राहरू अध्ययनरत छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट