News Category 2076/07/01
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
आफ्नो छोराछोरीलाई चोरी नगर्न बारे आमाबुबाले सिकाउने ज्ञान सर्वविदितै छ । तर, सप्तरीमा भने एउटी आमाले छोराले गर्ने गरेको चोरी कार्यलाई प्रोत्साहन दिँदै चोरी गरि ल्याइएको विभिन्न सामानहरुलाई सुरक्षित स्थानसम्म पु¥याउने कार्यमा सहयोग गरेको खुलासा भएको छ ।
राजविराज नगर क्षेत्र भित्र आधा दर्जन वढी स्थानमा चोरी गर्ने एक नाबालकले चोरीको सामान लुकाउन सघाउने उनको आमालाई प्रहरीले पक्राउ गरेपछि सो कर्तुतको खुलासा भएको हो ।
चोरीको सामानसहित महदेवा गाउँपालिका १ घर भई हाल राजविराज नगरपालिका ८ मा भाडाको कोठा लिई बस्दै आएका १६ वर्षिय नाबालक र उनकी ४० वर्षिया आमा सरितादेवी सरदारलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
बजार क्षेत्रमा चोरी गर्ने उद्देश्यले नै भाडाको कोठा लिई आमा छोरा बस्दै आएको तथा छोराले चोरी गरि ल्याएका सामानलाई आमाले लुकाएर सघाउने गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्ष तिलक भारतीले जानकारी दिएका छन् ।
आमा छोरा बस्ने डेराबाटै प्रहरीले जिल्लाका विभिन्न आठ स्थानबाट चोरी गरि लुकाई राखिएको अवस्थामा मोबाइल दुई थान, मेमोरी दुई थान, हेडफोन दुई थान, चार्जर पाँच थान, ताला खोल्न प्रयोग गरिने चाबी (साँचो) को झुप्पा तथा फाईटर र टेस्टर लगायतका सामाग्रि बरामद गरेको छ ।
यसैबीच एक घरामा चोरी गर्न गएको बेला सुरक्षाका लागि जडान गरिएको सिसि क्यामरामा चोरी गर्दै गरेको अवस्थाको फुटेज कैद भएपछि त्यसको सुक्ष्म अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित ती नाबालक पक्राउ परेको प्रहरी प्रवक्ता समेत रहेका डिएसपी भारतीले बताए ।
यता पक्राउ परेका आमा छोरा दुबैलाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपी प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ