News Category 2076/07/02
छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा
चन्दनकुमार यादब
राजविराज, १ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउपालिकालाई शुक्रबार एक कार्यक्रम बिच पूर्ण विद्यालय भर्ना घोषणा गरिएको छ ।
बिद्यालय भन्दा बाहिर रहेका बालवालिकाहरू पुर्णरूपमा बिद्यालय भर्ना भएपछि सो गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना घोषणा गरिएको हो ।
छिनन्मस्ता गाउपालिकाको आयोजनामा तथा सेभ द चिल्डे«न तथा सेभ द सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब तथा छिनमस्ता गाउपालिका अध्यक्ष सुर्य नारायण मण्डलले संयुक्त रूपमा छिन्नमस्ता गाउपालिकालाई पुर्ण बिद्यालय भर्ना गाउपालिका घोषणा गरेका हुन् ।
छिन्नमस्ता गाउपालिकाको वडा नं. १ देखि ७ सम्मका बिद्यालय बाहिर रहेका १ हजार १ सय ४४ बालिका तथा ८ सय ८६ बालक गरी २ हजार ३० जना वालवालिकाहरू बिद्यालय भर्ना भएपछि घोषणा गरिएको हो ।
छिन्नमस्ता गाउपालिका, सेभ द चिल्ड्रेन, सेभ द सप्तरी तथा ७ वटै वडाका वडा अध्यक्षहरूको अगुवाईमा बिद्यालय भन्दा बाहिर रहेको वालवालिकाहरूलाई बिद्यालय ल्याउनका लागी घरदैलो, ¥याली, बिद्यालय, अभिभावक तथा शिक्षकहरूसँग अन्तरक्रिया लगायतका क्रियाकलापवाट बालवालिकाहरूलाई बिद्यालय भर्ना गराएको वडा नं. ३ का अध्यक्ष दिपेन्द्र यादबले बताए ।
सो घोषणा कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख फणिन्द्र खत्रीले बालवालिकाहरूको उज्वल भबिश्यको लागि भर्ना भएका बालवालिकाहरूलाई बिद्यालयमा कसरी टिकाउन र सिकाउने मुख्य चुनौतीको रूपमा रहेको बताए ।
नेपालको संविधान अनुरूपमा मुलुक भरी नै नैसङ्र्गिक तथा अनिवार्य र निशुल्क शिक्षा लागू भएकोले बालवालिकाहरूलाई शिक्षावाट कसैले बञ्चित गर्न नहुने उनले जिकिर गरे ।
एक अर्काे प्रसङ्गमा प्रमुख खत्रीले चाडपर्व जस्तो समयमा पनि शिक्षकहरुलाई तलब खुवाउन नसक्नु गाउपालिका शिक्षाप्रति गम्भीर नभएको आरोप लगाए । संघियता आई सकेको अबस्थामा सबै अभिभावकको बिश्वास जित्ने समुदाय बिद्यालय मात्र भएको जिकिर गर्दै उनले स्थानिय निकाय शिक्षाको बिकासको लागि नीति योजना बनाएर अगाडि बढनुपर्नेमा जोड समेत दिए ।
छिन्नमस्ता गाउपालिका अध्यक्ष सुर्य नारायण मण्डलको अध्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, गाउपालिका उपाध्यक्ष उषा कुमारी मण्डल, प्रमुख प्रशासकिय अधिकृत कुन्दन कुमार मण्डल, वडा अध्यक्ष दिपेन्द्र कुमार यादब, बिनोद कुमार यादब, सेभ द सप्तरी अध्यक्ष ध्रुव देव, गैसस सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सेभ द चिल्ड्रेनका नरमाया थापा, सखडा माविका प्रअ लालबहादुर मण्डल, ललापटी माविका प्रअ नारायण यादब, युवा नेता जयप्रकाश यादबलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ