News Category 2076/07/03
अठार फरार अभियुक्त पक्राउ

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाको विभिन्न रणनीतिक योजना लागु गरेर अहिले धमाधम अपराधिक गतिविधीमा संलग्न फरार अभियुक्तहरुलाई पक्राउ गरिरहेको छ ।
प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न भई फरार रहेका डेढ दर्जन बढी अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिट लगायतका अभियोगमा अदालतबाट सावित भएपनि सजाय भुक्तान नगरी बर्षौदेखी फरार सूचिमा रहेका १४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईका अनुसार विभिन्न अपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार रहेका ती १८ जनालाई तीन महिना यता पक्राउ गरिएको हो ।
उनका अनुसार पक्राउ पर्नेहरुमा अदालतबाट दोषी करार भई फरार रहेका ४ जना तथा विभिन्न अपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार रहेका १४ जना छन् । जसमध्ये ज्यान मार्ने उद्योगका ५, ठगीका एक, जबरदस्ती करणीका ४, कर्तव्य ज्यानका २, सवारी अंगभंगका १, सवारी ज्यानका १, अपहरण तथा शरीर बन्धकका १, चोरीका २ र एक जना बोक्सीको आरोपमा कुटपिटका अभियुक्तहरु रहेका छन् ।
पछिल्लो पटक आईतबार प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ३ का ४६ बर्षिय महेन्द्र सदा र २५ बर्षिय अनिल सदालाई पक्राउ गर्न सफल भएको छ । यस अघि शुक्रबार प्रहरीले २०७६ अषाढ ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका १२ निवासी भागवत मलहालाई पक्राउ गरेको थियो ।
यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय महादेवा गाउँपालिका १ बस्ने २० बर्षिय अताहुसेन मियाँ र राजगढ गाउँपालिका १ बस्ने ५५ बर्षिय बिन्देश्वर मण्डललाई पनि पक्राउ गरेका थियो । ज्यान मार्ने उद्योगमैै दोषी करार भई फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका ७ का ५५ बर्षिय मुगालाल महतो, ३० बर्षिय धनश्याम महतो र २२ बर्षिय श्याम महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी उपरिक्षक प्रसाईले सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन र फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान सँगसँगै सिमाक्षेत्रबाट हुने चोरी तस्करी रोक्न पनि सुरक्षा निगरानी कडा पारिएको जानकारी दिए ।
कार्यगत लक्ष्य लिएर फिल्डमा खटिएको प्रहरीले सफलता हासिल गरेको भन्दै उनले अहिले फरार सूचिमा रहेका अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन अभियान नै चलाएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ