News Category 2076/07/06
पेस्तोलसहित तस्करीका मदिरा बरामद
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट एक थान पेस्तालेसहित भारततर्फ लैजादै गरेको एक बोरा मदिरा सशस्त्र प्रहरी बलले सोमबार राती बरामद गरेको छ ।
राती १० बजेतिर नेपालबाट भारततर्फ तिब्र गतिमा जाँदै गरेको मोटरसाइकल अचानक दुर्घटनामा परेपछि प्रहरीले बोरा खोलेर हेर्दा २८ बोतल कस्तुरी मदिरा र सोही बोराभित्र लुकाई राखिएको २ थान गोली लोड भएको इन्डिया मेड सिक्सर पेस्तोल एक थान बरामद गरेको हो ।
यता मोटरसाइकलका चालक भने अन्ध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरी निरिक्षक नवीन बुढाथोकीले बताए । उनले भारततर्फ मदिरा लैजाने क्रममा दुर्घटनामा परेको चालक तस्कर हुन सक्ने भन्दै पक्राउ पर्ने डरले उनी फरार भएको जानकारी दिए ।
भारतको बिहार राज्यमा मदिरा निषेध भएपछि विभिन्न उपाय निकालेर तस्करहरु त्यसतर्फ मदिरा लैजाने गरेकाले नाका क्षेत्रमा रात्री गस्ति कडा बनाइएको उनको भनाई छ ।
बरामद भएको नम्बर प्लेट नभएको मोटरसाइकल, पेस्तोल एक थान, गोली दुई थान र २८ बोतल कस्तुरी मदिरा मंगलबार जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ