News Category 2076/07/06
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
.jpg)
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
सप्तरीका भारोत्तोलनका खेलाडी तथा संघका पदाधिकारीहरुले जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा विगत ५ महिनादेखी गरिएको तालाबन्दीका कारण खेलकुद क्षेत्रलाई ठुलो क्षति भएको गुनासो गरेका छन् ।
सप्तरी भारोत्तोलन संघले बुधबार खेलाडीहरलाई भेला गरी दिपावली तथा छठ पर्वको शुभकामना तथा जिल्ला खेलकुद विकास समितिमा गरिएको तालाबन्दी तथा खेलाडीहरुले भोग्नु परिरहेको समस्या बारे जानकारी लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी तथा खेलाडीहरुबाट सो गुनासो आएको हो ।
भारोत्तोलनका स्वर्णपदक विजेता समेत रहेका खेलाडी मनोज यादवले भारोत्तोलन तर्फ यस अघि पटक पटक स्वर्णपदक जित्न सफल भएका सप्तरीका खेलाडीहरु विगत ५ महिनादेखि निरन्तरको तालाबन्दीका कारण विभिन्न समस्या सँग जुध्नु परेको गुनासो गरे । उनले खेलाडीहरुको मनोबल समेत घटेको दुखेको पोखे ।
भारोत्तोलनका प्रशिक्षक पुन्ती यादवले तालाबन्दीकै कारण खेलाडीहरुको अभ्यास समेत प्रभावित हुने गरेको तथा अन्य सुविधाहरुबाट समेत बञ्चित हुनुपरेको गुनासो गरे । अन्य जिल्लामा तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीहरु उच्च मनोबलका साथ तयारीमा जुटेका छन् तर, सप्तरी खेलकुदमा लामो समयदेखि गरिएको तालाबन्दी अझै खुल्न नसक्दा खेलाडी र प्रशिक्षक दुवैमा निरासा छाएको उनको भनाई छ ।
यस्तै भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले खेलकुद समितिमा लामो समयदेखि तालाबन्दी हुनु र सम्बद्घ निकाय मौन भएर बस्नु दुर्भाग्यपूर्ण रहेको भन्दै तिहार सकिए लगतै खेलकुदसँग आवद्घ अन्य संघ संस्थाका प्रतिनिधिको वृहत भेला गरी दवावमूलक कार्यक्रमहरु गर्ने तयारी गरिएको बताए ।
उनले खेलाडीहरुले भोग्नु परिरहेको समस्या र आवश्यक सुविधाको विवरण समेटि सुझावपत्र तयार गर्ने र सो सुझाव पत्र सम्बद्घ निकायलाई बुझाउने गृहकार्य समेत थालिएको बताउँदै खेलकुदलाई राजनीतिक अखाडा नबनाउन सम्बद्घ पक्षलाई आग्रह समे गरे ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज कुमार माझी, कराते प्रशिक्षक संजय परियार, भारात्तोलन संघका उपाध्यक्ष प्रेम यादव, सचिव गोपाल गुप्ता, सल्लाहकार सुर्यनाथ यादवलगायतले पनि लामो समयदेखिको तालाबन्दीले खेलगतिविधि ठप्प भई नयाँ खेलाडी उत्पादन रोकिनुका साथै पुराना खेलाडी पनि पलायन हुन थालेको भन्दै अबिलम्ब खेलकुदमा लगाइएको तालाबन्दी खोलाउन सम्बद्घ निकायले पहल गर्नुपर्ने माग गरे ।
२०७६ साल जेठ ७ गते जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा समितिका बहुमत पदाधिकारीले अध्यक्ष अमर खवास र कार्यालय प्रमुख दिनेश भुजेलको कार्यशैलीको विरोध गर्दै तालाबन्दी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ