News Category 2076/07/07
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पाँच वर्षदेखी हराईरहेकी सप्तरीको बलानबिहुल गाउँपालिका ३ निवासी धर्मदेव पासवानकी २० वर्षिया छोरी रन्जना कुमारी पासवानलाई उद्दार गरि अभिभावकको जिम्मा लगाएको छ ।
बि.स. २०७१ साउन महिनामा १५ वर्षको उमेरमा मामाको घरबाट सम्पर्क विहिन भएकी पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने रंजन कुमारी पासवानलाई प्रहरीले उद्धार गरि अभिभावकको जिम्मा लगाएको हो ।
उनलाई एक वर्ष अघि भारतको पुर्णिया स्थित स्टेशन चौक नजिकै भारतीय प्रहरीले अलपत्र अवस्थामा फेला पारि सोही ठाउँ स्थित अल्पबास गृहमा बुझाएका थिए । बालिकाबाट प्राप्त विवरण संकलन गरी सो गृहले भारतीय राजदुतावास हुदै नेपाली राजदुतावास, प्रधानमन्त्रीको कार्यालय तथा प्रहरी प्रधान कार्यालय सम्मलाई खबर पुर्याएका थिए ।
यसै शिलशिलामा जिल्ला प्रहरी कार्यालयबाट प्रनानी चन्द्र बहादुर केरुङ्गको कमाण्डमा एउटा टोली त्यस तर्फ खटाएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । प्रहरीको टोली सँगै पहिचानका लागी रंजनकी बाबु आमा समेतलाई त्यस तर्फ लगिएको थियो ।
पुर्णिया स्थित अल्पावास गृहमा पुग्दा बाबु आमाले छोरी र छोरीले बाबु आमालाई चिनेपछि विहार सरकारको समाज कल्याण विभाग मातहतमा रहेको उक्त गृहका संचालकले आवश्यक प्रकृया पुरा गरेर प्रहरीको जिम्मा लगाएका थिए ।
यता उनी कसरी भारत पुगीन भन्ने तर्फ पनि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ