News Category 2076/07/08
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सबल नेपालले आप्mनो स्थापना दिवसमा शुक्रबार सप्तरी तथा सिरहाका बिभिन्न क्षेत्रमा बृक्षारोपण गरेको छ ।
सबल नेपालले एक सबलकर्मी ४ बिरुवा तथा समुदायमा बृक्षारोपण गर्ने सप्ताहव्यापी कार्यक्रम समेतको आयोजना गरेको छ । जस अन्तरगत बिहिवार सबल नेपालले सप्तरीको सुरुङ्गा नगरपालिकाको बिभिन्न बिद्यालयहरुमा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीको उपस्थितीमा तथा सिरहाको वडा नं. ११ स्थित दुर्गा मन्दिर तथा कर्जन्हाका बिद्यालयहरुमा बृक्षारोपण गरिएको थियो । त्यस्तै राजबिराज वडा नं. १ पडरियामा समेत बृक्षारोपण गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत बृक्षारोपणसँगै समुदायमा सरसफाइ समेत गरिएको थियो भने सबलकर्मीहरुद्धारा आ–आप्mनो घरमा चार थान बिरुवाहरु रोपी स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसलाई पर्यावरणमयी बनाउन तथा बढ्दो जलवायु परिवर्तनलाई ध्यानमा राखि बृक्षारोपण गरिएको सबल नेपालकी अध्यक्ष जुना गिरीले जानकारी दिइन् ।
सबल नेपाल २०६२ कार्तिक ७ गते सप्तरी जिल्लामा स्थापना भएको गैरसरकारी संस्था हो र स्थापनाकालदेखि नै सबल नेपालले सप्तरी जिल्ला लगायत सिरहा र महोत्ररीमा समेत सामाजिक बिकासका कार्यहरु प्रभावकारी रुपमा सेवा गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ